निलम्बन नगरिएकाले ‘नक्कली डाक्टर’काममा

काठमाडौं–२८ श्रावण

नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेको आरोप लागेकालाई निलम्बन नगरिँदा उनीहरुले बिरामी जाँच गर्न सुरु गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलले हालसम्म उनीहरुको लाइसेन्स निलम्बन नगरेका कारण अदालती कारबाही जारी रहे पनि उनीहरुले बिरामी जाँच्न थालेका हुन् ।

निलम्बनका लागि मेडिकल काउन्सिलको पूर्ण बैठकले निर्णय लिनु पर्ने हुन्छ । तर काउन्सिलको पूर्ण बैठक बस्न नसक्नुमा स्वास्थ्य मन्त्रालय नै कारक रहेको खुलेको छ । मन्त्रालयले पूर्ण बैठक नगर्ने आदेश दिएकाले हालसम्म बैठक बस्न नसकेको मेडिकल काउन्सिलका रजिस्ट्रार डा। दिलिप शर्माले बताए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार तत्कालीन स्वास्थ्यमन्त्री रामजनम चौधरीले काउन्सिललाई पूर्ण बैठक नबस्न निर्देशन दिएका थिए ।

चौधरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशनपछि काउन्सिललाई बैठक नबस्न निर्देशन दिएको स्रोतको भनाई छ । काउन्सिलको पूर्ण बैठक नबसे पनि स्वास्थ्य मन्त्रालयले काउन्सिललाई पत्र पठाएर आरोपित चिकित्सकको लाइसेन्स तत्काल निलम्बन गर्न सकिने डा। शर्माले बताए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया