निश्चल प्रेम गर्नेहरुका लागि केहि सुझाब

सगिता सुबेदी 
सालिन्दै घुमिफिरी आउने “प्रेम दिबश”ले हाम्रो नेपाली समाजमा पनि बिगत केहि बर्षयता बिभिन्न र्चचा परिर्चचा पाउन सफल भएको छ । प्रेम दिबशलाई मनाउने र यसप्रति सबैको बेग्लाबेग्लै मत देखिएता पनि हाल यसमा बिकृतिले तिब्र रुप लिएको हो कि जस्तो लाग्छ ।

स्कुलमा जान सक्ने देखि लिएर युवा यूबतिलाई प्रेम दिबशले राम्ररी प्रभाब पारेको देखिन्छ ।

कुनै पनि युबा यूबती बिचको निश्चल प्रेमलाई निरन्तरता दिन भनौ या आफ्नो हृदयको कुरा हृदयको आन्तरिक रोजाईको ब्यत्तिसँग राखिने प्रस्ताब या बिशेष कुराकानीका लागि बिशेष दिन मानिन्छ । जहाँ पबित्र र निश्चल प्रेम हुन्छ । प्रेम दिबशको उत्शबले कसैलाई महजोडि बनाउछ अनि कसैका लागि घातक । शायद पोहोर परार प्रेम दिबश मनायपनि यो शाल मुटु टुक्रनेहरुकालागि यस प्रेम दिबशसँगै नमिठो अनुभुति बटुल्न बिबश हुनुपर्यो होला । निश्चल प्रेम गर्नेहरुका लागि ३६५ दिननै प्रेम दिबश बन्न सक्छ । अबिवाहितलाई मात्र होईन बिवाहित जुनसुकै महाजोडीले पनि प्रेम दिबशलाई महत्व दिन सक्छन् ।

प्रेम दिबशको दिनमा प्रेमको सम्मान हुनु पर्ने हो तर चोखो र निश्चल प्रेमको ध्बाज्जी उडाउने छल प्रपन्चकहरुले मौलाउदै आएको आजको प्रेम लिला याद गर्नुहोस् तपाईहरुलाई दिएको सुन्दर रातो गुलाबको फुल भित्र अदृश्य भिषण हुनसक्छ । कुनै ब्यत्तिगत, सामाजिक या दलगत श्वार्थ बोकेर २, ४ दिन ,बर्षको लागि प्रेम को प्रस्ताब पो हो कि याद गर्नुहोस् । यसो गर्नु भो भने हजुरहरु जीबनको कुनै मोडमा गएर मात्र एक्लो हुनुपर्नेछ । जतिबेला पैसाको गद्दी मिल्ला तर चोखो र निश्चल प्रेमको आभास हैन बरु बिगतको स्मरणले तड्पदै बाकि जीबन ज्युनु पर्ला । चोखो र निश्चल प्रेम गर्नेहरुका लागि काँडा बन्नुहुनेछ र साँचो प्रेम गर्नेहरु एक कदम पछाडि हट्नु पर्ने छ । चल्ति अनुसार प्रेम दिबश एउटा पबित्र दिन बनोस् ,पोहोर परार र यो शाल फाटेका मनहरु जतन गरि टाल्ने कोहि मित्रसँग आउदा प्रेम दिबशमा खुसि लिएर आओस् , आफ्नो प्रिय मन ,आफाsagiन्तहरुसँग मिठो कुराकानी र टाडा भए सम्झना छाड्न नबिर्सनु होला । आगामी दीनहरुको प्रेम दिबशले आम नेपाली जनजीबनमा मिलन र खुसिको कोसेलि लिएर आओस् । लाख-लाख शुभकामना छ ।

 

 

प्रकाशित मिति २०७३-११-३

 

फेसबुकबाट तपाईको प्रतिक्रिया