निषेधाज्ञाबीच पनि बैकहरुले जेठ महिनामा ३२ अर्ब ऋण लगानी गरे

काठमाडौं ३१, जेठ२०७८ ।
निषेधाज्ञाबीच पनि बैकहरुले जेठ महिनामा ३२ अर्ब रुपैयाँ ऋण लगानी गरेका छन्। बैंकरका अनुसार अति आवश्यकीय आन्तरिक र अधिकांस बाह्य ऋण प्रवाह भएको हो। जेठको १ गते नै बैंकहरुले २६ अर्ब रुपैयाँ निक्षेप उठाएका छन्।

गत साता बैंकहरुले ८ अर्ब ऋण दिएका छन् भने १३ अर्ब रुपैयाँ निक्षेप उठाएका छन्। यो तथ्याङले ७५ जिल्लामा सरकारको निषेधाज्ञा जारी बिच पनि बैकहरुले आफनो आथिक गतिविधिलाई सक्रिय नै तुल्याएको प्रष्टाउँछ । कोरोनाको दोश्रो लहरबीच निषेधाज्ञा सुरु भएयता मात्र बैकहरुको ४९ अर्ब रुपैयाँले ऋण बढेको छ भने निक्षेप ५९ अर्ब रुपैयाँले बढेको छ। बैंकहरुसँग अहिले कुल निक्षेप ३९ खर्ब ८२ अर्ब रुपैयाँ रहेको छ। बैकहरुको कुल ऋण लगानी ३६ खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। चालु आर्थिक बर्ष ०७७–७८ मा मात्रै बैकहरुले ७ खर्ब ३९ अर्ब रुपैयाँ ऋण बिस्तार गरेका छन् भने ४ खर्ब ९५ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया