नीजी क्षेत्रलाई साथमा लिएर समृद्दीको यात्रा : प्रधानमन्त्री ओली

बिजनेसपाटी २३ पौष ।
प्रधानमन्त्री के.पी. शर्मा ओलीले वर्तमान सरकारले नेपालको नीजी क्षेत्रलाई नै साथमा लिएर देशको समृद्दीको यात्रा पुरा गरिने बाचा गर्नुभएको छ । नेपाल चेम्बर अफकमर्सको ६८औं वार्षिक साधारण सभा तथा चेम्बर दिवसको आज उद्घाटन गर्दै प्रधानमन्त्रीओलीले उक्त कुरा बताउनु भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशको नीजी क्षेत्र भनेको समृद्द नेपालनिर्माणको महत्वपूर्ण साझेदार हो । निजी क्षेत्रसंगको सहकार्यमा नै राष्ट्रले बिकाशमा फड्को मार्न सक्छ । सार्बजनिक, नीजि र सहकारीबिचको तिन खम्बे सहकार्य र संयोजनबाट नै देश समृद्द बन्नेछ र सरकारले यो मोडेल अनुसार काम गर्न प्रतिबद्द छ । देशभित्रका नागरिक, देश बाहिरका नेपाली नागरिक, देश भित्रका व्यवसायी र विश्वभर छरिएर रहेका नेपाली व्यवसायीहरु सबैको साथ् लिएर समृद्द नेपालको सपना पुरा गरि छाडिनेछ । नेपाल सरकारले निजी क्षेत्रको योगदानलाई कदर गर्ने कुरामा कुनै पनि कसुर बाँकी राख्ने छैन ।”
प्रधानमन्त्री ओलीले कम्युनिष्ट र कर्पोरेट हाउसबीच नजिकको सम्बन्ध र सहकार्य हुनुपर्ने धारणा समेत व्यक्तगर्नुभयो । अहिलेको सरकारसंग देश बनाउने भिजन र शंकल्प भएकोले निजी क्षेत्रको साथ् र सहयोग बिना यो अपुरो हुने समेत उहाँले बताउनुभयो । किनकि सरकारी भिजन र शंकल्पलाई पुरा गर्ने आम जनशक्तिको परिचालन नीजि क्षेत्रले गर्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।
देशको व्यापार घाटाप्रति आफु निकै गम्भीर भएको भन्दै प्रधानमन्त्री ओलीले यसलाई कम गर्न राष्ट्रिय उत्पादनमा जोड दिनुपर्ने र नीजि क्षेत्रले यसको लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने कुरामा उहाँले जोड दिनुभयो ।
एक अर्को प्रसंगमाप्रधानमन्त्रीओलीले भन्नुभयो, “सरकार लगानी मैत्रीवातावरण तयार गर्न लागिपरेको छ । सोहि अनुसारका ऐन, कानुनहरु बनाउन सरकार गम्भीर छ । संघीय संसदमा प्रस्तुत बिधेयकहरुको बारेमा नेपाल चेम्बर अफ कमर्स लगायत व्यवसायीहरुले उठाउनु भएका कतिपय जायज चासोप्रति सरकारको ध्यानाकर्षण भएको मात्र होइन, समय लाग्ला तर ति पुरा गर्ने बचन समेत उहाँले दिनुभयो । उहाँले भन्नुभयो, “देशको लागि, समृद्दीको लागि र परिवर्तनको लागि तपाईहरुले उठाएका सबै बिषयहरु हामी पुरा गर्न तयार छौं ।“
सरकारले यो बिषयलाई मनन् गर्नेछ कि तपाईहरु ढुक्क भएर लगानी गर्नुहोस, वातावरण सरकारले बनाउछ । तपाईहरु उत्पादनमा लाग्नुहोस, सरकारले अन्तर्रा्ष्ट्रिय बजार प्रबर्दनमा काम गर्नेछ्र“।
सो कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले भन्नुभयो, ”लगानीकर्ताको मनोवल बृद्धि गर्ने कार्य गरिदिनुस्, लगानीमैत्री वातावरण बन्न सक्यो भने लगानी सम्मेलन २०१९ पनि सफल हुन्छ । लगानी सम्मेलनले नेपालमा लगानी प्रबद्र्धन गर्ने छ । अतः लगानी सम्मेलन अगावै लगानीमैत्री ऐन कानुनबन्न जरुरी छ । प्रधानमन्त्रीज्यूले नेपालको समग्र विकासका लागि जुन दुरदृष्टि सहितका योजना सहित अगाडी बढीरहनु भएको छ । लक्ष प्राप्तिका लागि ऐन कानुनहरु संसोधन गर्दै जानु पर्ने देखिन्छ । सरकारी तथा निजी क्षेत्र एकले अर्कोलाई निषेध गरेर मात्र हामीले विगतमा धेरै समय खेर फालिसकेकाले अब भने त्यहीप्रवृत्ति दोहो¥याउने छुट हामीलाई छैन
नेपाल चेम्बर अफकमर्स मुलुकको विद्यमान संघीय संरचना अनुरूप संस्थागत स्वरूपमा विस्तार गर्ने उद्येश्यले मुलुकका सातवटै प्रदेश र ७७ वटै जिल्लामा चेम्बर अभियानलाई पु¥याउने हेतुले हाल सातै प्रदेश, ६६ वटा जिल्ला र ४० वटा नगरमा बिस्तार भइसकेको कुरा उहाँले उल्लेख गर्नुभयो। साथै राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा हुने आर्थिक गतिविधि तथा परिवर्तनहरूलाई मध्यनजर गरी चेम्बरले देशमा आर्थिक गतिबिधिहरुको बिस्तारका लागि आफ्ना धारणा तथा सुझावहरू प्रस्तुत गर्दै आइरहेको उहाँले बताउनुभयो । आर्थिक तथा व्यापारिक गतिविधि बढाउन प्रतिनिधि मण्डलको आदान प्रदान, द्विपक्षीय आर्थिक तथा सामाजिक बिषयमा सेमिनार, गोष्ठी, अन्तरक्रिया एबं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एक्स्पोहरु आदि कार्यक्रमको आयोजना समेत गर्दै आएको कुरा श्रेष्ठले बताउनुभयो ।
आर्थिक सर्वेक्षणले विगत १ दशकमा औसत ४.३ प्रतिशत रहेको आर्थिक वृद्धि चालू आर्थिक वर्षमा बढेर ५.९ प्रतिशत पुग्ने बताएको छ । हाल मुलुकमा गरीबी घट्दै गएको र प्रतिव्यक्ति आय बढेर १ हजार ४ अमेरिकी डलर पुगिसकेको छ । उद्योगको तिब्र विकास र उत्पादनमा तिब्र बृद्दी हुन सकेमा मात्रै देशको आर्थिक विकास सम्भव हुन्छ भन्ने कुरा अध्यक्ष श्रेष्ठले बताउनुभयो ।
सो अवशरमा विश्व सुन्दरी प्रतियोगितामा नेपालबाट उत्कृष्ट प्रदर्शन गर्न सफल श्रींखला खतिवडा, मनिता देबकोटा, महेश्वर महर्जन, विप्लब पौडेल, बिश्वास शर्मा, चिरन्जीवी लाल अग्रवाल, सुरेन्द्र बिर मालाकार, र महेश कुमार अग्रवाललाई चेम्बर द्वारा प्रदानगरिने विशिष्ट सम्मान गरिएको थियो ।
कार्यक्रममा भारत सरकारका उद्योग, बाणिज्य तथा नागरिक उड्ययन मन्त्री सुरेश प्रभुको शुभकामना सन्देश प्रशारण समेत गरिएको थियो भने कार्यक्रमको धन्यवाद मन्तब्य नेपाल चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले दिनुभएको थियो । होटेल सोल्टी क्राउनप्लाजामा सम्पन्न सो कार्यक्रममा ५०० भन्दा बढी विशिष्ट ब्येक्तित्व तथा सहभागीहरुको उपस्थिति रहेको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया