‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न

काठमाडौँ  २८ माघ २०८१ । ‘नृत्य नेपाली पारा एकल नृत्य प्रतियोगिता २०८१’ को वर्कसप राउण्डको अडिसन सम्पन्न भएको छ । डिडान गोकर्णेश्वर र के।के मिडियाको संयुक्त आयोजनमा काठमाडौँको टाइमलाइन स्कुलमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।

नृत्य निर्देशक एवं अध्यक्ष केशव कोइरालाका अनुसार बालबालिकाहरूको प्रतिभा प्रस्फुटनको निम्ति प्रंशसनिय प्लेटफर्म भएको बताएका छन् । उनले कार्यक्रममा भोटिङ र टिकेटिङको व्यवस्था नगरेको र नितान्त बालबालिकाहरूको हौसला बढाउन र आफ्नो प्रतिभा प्रस्फुटन गर्नको निम्ति काम गरेको बताएका छन् । प्रतियोगीताको सम्पूर्ण जिम्मा निर्णायक मण्डललाई दिने र शतप्रतिशत निष्पक्ष हुने दाबी समेत गरे ।  प्रतियोगितामा २३५ जना प्रतियोगीहरूको सहभागी रहेको थियो । नृत्य निर्देशक सुनिल गिरि र नृत्य निर्देशक रबिता मगर निर्णायक मण्डलमा रहेका थिए । प्रतियोगीहरू काठमाडौँ र भक्तपुरका विभिन्न स्कुलका विद्यार्थीहरू रहेका थिए ।

मेगा राउन्डको लागि छनोटमा नपरेका प्रतिस्पर्धिहरुलाई नृत्य निर्देशक कोइरालाले प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रमको मेगा राउण्ड आगामी शनिवार फागुन ३ गते गरिने आयोजकले जानकारी दिए । त्यसै गरी सेमी फाइनल र फाइनल कार्यक्रम बारे फागुन ३ गते नै जानकारी दिने कार्यक्रम निर्देशक बाबु सेन्चुरीले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, दोस्रोलाई १० हजार रुपैयाँ, तेस्रोलाई ७ हजार रुपैयाँ,चौथो र पाँचौँ स्थान हासिल गर्नेलाई ५/५ हजार रुपैयाँसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजक टिमले बताए । कार्यक्रममा अभिभावक, शिक्षक,नृत्य निर्देशक, विद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियो।

कार्यक्रमको आयोजक टिममा बाबु सेन्चुरी निर्देशकका रूपमा छन् । त्यसै गरी अनिल भुजेल प्रबन्ध निर्देशक, बुद्ध तितुङ फाइनान्सियल डिरेक्टर,सन्देश तामाङ सह सचिवको पदमा रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया