नेदरल्याण्ड्ससँग नेपाल भिड्दै
विजनेशपाटी २९ श्रावण
आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिप क्रिकेटमा नेपालले आज दिउसो ४ बजे नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दैछ। नेदरल्याण्ड्स १० अंकका साथ शीर्ष स्थानमा रहेको छ भने नेपाल ४ अंकका साथ छैठौ स्थानमा छ। घरेलु मैदानमा भएको खेलमा नेपाल नामिबियालाई २ खेलमा पराजित गरेको थियो। स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भने नेपाल ४ खेलमा पराजित भएको थियो। नेदरल्याण्ड्स बलियो टोली भएको कारण जीत हात पर्न निकै कठिनाई हुने ठानिएको छ । नेपालले विश्व क्रिकेट लिग डिभिजन दुईको खेलमा नेदरल्याण्ड्समाथि २ विकेटको जित हात पारेको थियो। नेपालले नेदरल्याण्ड्ससँग आफ्नो दोस्रो खेल भोलि खेल्नेछ।
फेसबुकबाट तपाईको प्रतिक्रिया