नेपालको निजामति सेवाभित्र करार कर्मचारीको वर्तमान अवस्था

राजु बस्याल
अझै पनि नेपालको निजामति सेवा खुल्ला र प्रतिस्प्रधिको माध्यमवाट नियुक्ति गरीएकाहरुलाइ सक्षम, योग्य र वफादारको रुपमा लिइन्छ । यस किसिमको छनोट प्रकीया अपमनाइ छनोट गदा वा प्रकृयागत ढंगवाट नियुत्त गरिएका कर्मचारी जसले असल कार्य गर्ने परिमाणको अपेक्षा गरिन्छ । तापनि जनताहरु उनिहरुको कार्य शैलीप्रति अझै विश्वसनीय हुन सकेका छैनन् । र, उनीहरुवाट सकारात्मक परिणमको अपेक्षा गर्ने वातावरण अझै तयार भै सकेको छैन भन्दा कुनै अत्तोउक्ती नहोला । यसको मुख्य कारण त्यहा भित्रको जटील कानुनी प्रकीया, कर्मचारीहरुले सेवाग्राहीहरु प्रति हेर्ने दृष्टीकोण लगायत त्यहा भित्र हुने ढिलासुस्ती, भष्टाचार विभिन्न पद तथा ओहोदाका कर्मचारीलाई हेर्ने दृष्टीकोण त्यसमा पनि करारमा नियुक्ती गरिएका कर्मचारीहरु प्रती निजामतीमा खुल्ला ढंगवाट आयका कर्मचारीले गर्ने ठाडो र संकिण खालको रवैयावाट नै निजामती सेवाभीत्रका कर्मचारीहरुको रवैया आजकालको प्रजातान्त्रीक र लोकतान्त्रीक आचरणभन्दा कतै वाहिरको व्यवहार त गरिएको छैन भन्ने एउटा जटिल प्रश्न खडा भएको छ । यदि करारमा कार्यरत कर्मचारीहरुलाई उसको औकात भन्दा वढि कार्य सुम्पने लगायत कुनै जोखिम लगायतका कठिन कार्यहरु सुम्पीइ आफै जस लिने प्रर्वती हावी हुदै जाने प्रवृती प्रत्येक कार्यलयहरुमा भएको हामी छरपस्ट देख्न सक्दछौ । राज्यले आफ्ना जनतालाई समान र न्यायपुर्ण तरिकावट सेवा प्रवाह गर्ने हो त्यो पनि प्रजातान्त्रीक र लोकतान्त्रीक पद्धत्तीबाट । तरपनि सरकारको आफ्नै मातहतका कार्याँलयमा समेत प्रजातान्त्रीक लागु गर्न नसक्ने वा सो वातावरण तयार गर्न नसक्ने सरकारले आफै प्रजातन्त्रको वकालतको अभिव्यक्ति जताततै फुक्दै हिड्ने पु्रानै प्रवृती हो ।karmachari
आफै मातहतका कार्यालयमा कर्यरत कर्मचारीहरुलाइ नै अप्रजातान्त्रीक सैली अपमनाउन प्रोत्साहन गर्ने प्रवृती एउटा असल र जनतावाट निर्वाचीत सरकारको यस्तो प्रवृती अपमनाउन प्रोत्साहन गर्नु कत्तिको जायज र उपयुत्त होला ? यस्तो खालको प्रवृती अन्त्य गराउने पहल नगरेसम्म लोकतान्त्रीक राज्यको अनुभूती जनताले गर्न पाउने भन्ने भन्दा पनि विस्तारै राज्य प्रजातान्त्रीक पद्यती अगाल्न नसकेको जस्तो भान आम नेपालीमा नहोस् भन्नेतर्फ पनि सरकार सचेत हुनपर्ने हो । हुन त कर्मचारी भित्रका अनुशासन लगाायतका सुविधाहरुमा विभीन्न माध्यमवाट तोकिएको हुनसक्छ तर एउटै कार्यलयमा एकै खालको कार्य गरी सुविधाहरुमा हेरफेर गर्नु गराउनु भनेको साच्चीकै लोकतान्त्रीक राज्य प्रति गरीने मर्मको उपहास हो । यसतर्फ राज्यले नै सोच्नु आवश्यक हुन जान्छ ।
कर्मचारीले आफुलाई एक सच्चा राष्ट्र प्रती वफादारको रुपमा आफुलाई प्रस्तुत गरे तापनि उनिहरुको मूल्याङ्कनको सर्वसाधारणले मनन गर्ने खालको हुन सकेको छैन ।

खाली प्रकीया र कानुनी राज्यको संचालनलाई यथावतै राखे तापनि ति सवै आफुपरक र अनुकुलता अनुसार नै प्रयोग गरेको भन्ने व्यापक रुपमा आलोचीत भएको विषय नेपालको निजामती प्रशासन हुनपनि कर्मचारी जनतालाई सेवागर्ने स्थान र अवसर भन्दा पनि शक्ती वा पैसाका लागि लालायीत भई त्यस्ता कार्यालय र अड्डाहरु हेर्ने गर्दछन् ।

कर्मचारीका यस्ता कार्यहरुलाई प्रोत्साहन गर्न त्यहा भित्रका विभन्न पाटीसँग सम्वन्धीत संघ संगठनहरु विधिवत र साँगठनिक रुपवाट नै कर्मचारीको हक हित तथा उनिहरुको वृद्धि विकास गर्ने तथा निजामती प्रशासनलाई स्वच्छ , प्रजातान्त्रीक आचरण अनुसारको वनाउदै निजामती भित्र देखा परेका वीकृती र विसंगतीहरु सुधार गर्दै कार्यालयमा अवसर र कार्यहरुमा हुने अनियमित वाडफाडका विरुद्धमा लाने भन्दा पनि विकृति र वीसंगतीहरुलाई संगठनीक रुप दिन स्थापना गरीएका अल्पसंख्यक र अवसरहरुको पछि लाग्नेहरुका हितलाई वढवा दिने संगठनहरुले कार्यलयका लगायत निजामति क्षेत्रका समस्याहरु समाधान गर्नमा कमै भूमिका निर्वाह गर्न सक्ला भन्ने तथ्यलाइ यहा नलुकाई राख्दा कुनै अत्तोउक्ती नहोला ? उत्त कुरा गुटगत अनुसारका सांगठानीक रवैयाहरुले नै सो तथ्यलाई प्रस्ट पार्दछ ।
नेपाल जस्तो अस्थीर राजनीति भएको अवस्थामा सर्वसाधारणलाइ वा समग्र देशको विकासलाइ हित प्रतिकुल हुने भए तापनि शक्ती र अवसर उपयोग गर्न लालायीत कर्मचारी वर्गहरु निजामति क्षेत्रमा व्यप्त गुटगतरुपलाई नै र कानुनी हैसीयत वनाएको अवस्थामा अवसर र पैसावाल अड्डाका लागि लालायीत कर्मचारीहरु सवैभन्दा वढि लाभाम्वीत हुने देखिन्छन् भने कार्यलयमा करारमा कर्मचारीहरुलाई जसको न्यायीक आवाजलाई संवोधन गर्ने कुनै निकायले हैसियत नराख्ने प्रवृतीले देशको प्रजातान्त्रीक र न्यायीक सरकारको अभाव रहेको आभास दिन्छ जसले कार्य गर्ने कर्मचारीहरुलाई निरासा र उसको भविस्यप्रती अन्यौलग्रस्त जिउन विवस वनाउछ ।
हुनत संगठनप्रती आस्थावान राख्ने नेतृत्वले आफ्ना नीति र कार्यक्रमलाई सरल, निष्पक्ष र उच्च मनोवलका साथ सम्पन्न गराउनका लागि संगठनीक कार्य सिलसिलामा आइपर्ने समस्याहरु राख्ने वातावरणको सृजना गर्ने र समाधानका उपायहरुको खोजिनीतिको वारेमा पनि उक्तीकै ध्यान दिनु असल र सक्षम नेतृत्वसैलीको उदाहरण हो । यस खालको सौगठनीक नेतृत्वले मात्रै सरल, सहज र उत्प्रेरणा ढंगवाट कार्यहरु अगाडि वढाउनमा सहयोग हुने गर्दछ । केवल विभिन्न नीति तथा कानुनी झन्झट देखाएर आफ्नो जिम्मेवारी तथा कर्तव्यप्रती हात झिक्न खोज्ने संगठन भित्रका विभिन्न आचरण र व्यक्तीत्व भएका सदस्यहरुसामु प्रष्ट हुन नसक्ने र सवै प्रकारका सुविधाप्रती लालायीत हुने प्रवृति त्याग्न नसक्ने खालको सांगठनीक नेतृत्वले के असल र सुशासनको नेतृत्व गर्न सक्ला ? यस्ता खाले संस्कार र प्रवृतीवाट गुर्जीएका नेपालको निजामती क्षेत्रका नेतृत्वहरु, तथा राजनैनीतिक नेतृत्व रहेसम्म निजामती कर्मचारी वा श्रमजिवीहरुले नत आफ्नो पेसामा सुरक्षा र जिवीकाको ज्ञारेन्टी लिन सक्छन् न उनिहरुले आफुले गरेको कार्यको सहि मुल्याङ्कनको आशा राख्ने वातावरण रहन्छ वरु त्यसको जस र फाइदा अर्केा पक्षले लिई श्रम र जिवीका गर्नेहरुलाई उसको योग्यता ,सृजनसीलताको शोषण गरी कम मुल्यमा कार्य लगाउने, धेरै समय कार्य लगाउने जस्ता श्रम कानुन विरुद्धका कार्यहरु नहोलान् भन्न सकिदैन । यस्तो प्रवृती कम गराउन व त्यस्तो कार्यहरु भए नभएको शूक्ष्म अवलोकन गरी समयमै समाधान गर्ने आवश्यक कदम चाल्न नसक्नु नेतृत्वकर्ताको कमि भएको कुरालाई नकार्न सकिदैन यसतर्फ सवै सचेत हुनु आजको निजामति सेवा भित्रको मुख्य मुख्य चुनौती हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया