नेपालको विकास किन हुन सकेन ?
संजय प्रसाद पौडेल
अहिलेसम्म किन विकास हुन् सकेन नेपालको रु अहिलेसम्म नेपालको विकास किन हुन् सकेन भनेर कसैले प्रश्न गरेमा विभिन्न कोणबाट विभिन्न उत्तरहरु आउन सक्छ। कसैले यो कारण भन्लान त कसैले त्यो कारण भन्लान। त्यो आफ्नो ठाउमा छँदैछ। त्यो भन्दा पनि अचम्म त के लाग्छ भने धेरैथरी विद्वान मित्रहरुले केवल भूराजनैतिक अवस्था र अस्थिर राजनैतिक प्रणाली आदिलाई दोष दिदै आएका छन्। अझ कसैले त पंचायत भएकाले विकास भएन भने कसैले राजा भएकोले विकास भएन भने त कति थरीले वहुदलीय व्यवस्था भएकोले विकास भएन भने आदि आदि। न अहिले पंचायत छ , नत राजा नै छन् नत एकात्मक शासन प्रणाली नै छ। तर पनि विकास त भएन।
तर त्यो भन्दा पनि महत्वपुर्ण कुरो के हो भने यहाँ जुन जोगी आए पनि कानै चिरिएको भने झैँ विकासकोलागि नयाँ दृष्टिकोण भएको, अन्तररास्ट्रिय विश्वविद्यालयमा पढेका , अनि अन्तररास्ट्रिय परिवेश र अर्थजगत बुझेको मान्छेले सिंहदरवारको साँचो समातेको या त छैनन् भन्दा हुन्छ या भए पनि नगन्य मात्रामा, यदि बिपी, मनमोहन, र डा भट्टराईलाई अपवाद मान्ने हो भने। यहाँ माथि मैले उल्लेख गरेको सब्दावालीलाई कतिपयले भिजनरी सब्दावाली प्रयोग गरेको पाइन्छ। हो ,त्यस्तो भिजनरी व्यक्ति यहाँ प्रधानमन्त्री बनेर आएनन्। जति आए कानमा प्वाल परेको अर्थात परम्परावादी। बिकासको दिगो सोच भन्दा पनि कर्मचारीको तलव बढाएर राजनीतिमा सहानुभूति बटुल्नेहरु मात्र आए। र , अरु जो राष्टिय राजनीतिमा आए स जो कोहि प्रतिपक्ष भएर आएस अरुहरु सांसद भएर आए तिनीहरु पनि मुलुककालागि खासै फलिफाप सिद्ध भएनन् सांसद विकास कोषको रकम खाने बाहेक। अझै पनि सिंगापुरको लि क्वान, चीनका देङ्ग स्याङ्ग पिङ्ग, मलेसियाका मोहम्मद महाथिर आखिर किन मानिसहरुले सम्झिरहेका छन् त भन्दा उनीहरुको विकास प्रेमी सोचले गर्दानै हो ।
तर हामीकहाँ एउटा माछे पांच पल्ट प्रधानमन्त्री बने पनि तिनले विकास र नीतिगत सुधारमा सिन्को भाँच्न सक्दैनन्। किन भन्दा खेरी उ त्यसरी मुलुकको कायापलट गर्छु भनेर आएकै होइनन्। हाम्रा बबुरा प्रधानमन्त्रिहरु कतिपय त आफ्नै पाटिका कठपुतली हुन्छन भने कतिपय सन्दर्भमा ति अरु दलको बुई चढेर प्रधानमन्त्रि बनेका हुन्छन। तिनका आफ्नै कति बाध्यताहरु हुन्छन जसले गर्दा विकास गरौ भन्ने सोच भएकाहरु पनि असफल भएर निस्किन्छन। कुनै पनि सरकार बनि सकेपछि त्यहाँ यस्तो भुमरीको सिर्जना हुन्छ कि त्यो राजनैतिक भुमरीबाटै निस्कन समय लाग्छ। उसको सारा समय , प्रयत्न र जागर त्यही राजनैतिक भुमरीको व्यवस्थापन गर्न खर्च हुन्छ। अनि कसरी प्रधानमन्त्रीले विकास गर्न सक्छ रु हामीकहाँ विकासको लागि चाहिने स्रोत साधन जति पनि छ। अलिकति प्राविधिक सव्दमा भन्दा हामी विकासकालागि चाहिने हार्डवेयरमा जति पनि क्षमतावान छौ तर हाम्रो सफ्टवेयर गतिलो भएन। हामी पछाडी परेको त्यसैले हो। म यहाँ अलिकति विषयान्तर हुन चाहन्छु। एउटा लोकप्रिय कथा छ हामी कहाँ। एउटा चलि आएको उखानटुक्का पनि छ। बुढो गोरुले गाई ओगटेको जस्तो भनेर । न छोड्न सक्छ त्यसले न गर्भाधान नै गर्न सक्छ गाई वाच्छीलाई। एक जोर अजंगको सिङ्ग भएको एउटा बुढो साढें थियो कुनै गाउँमा। अब त्यो पहिला जस्तो शक्तिसाली रहेन। पहिला पहिला त उ अरु गाउँतिर पनि जान्थ्यो र सबै उ संग डराउथे पनि। तर अब उ बुढो भयो। अब उ संग गाई , बाच्छीलाई गर्वधान गर्न सक्ने क्षमता रहेन। तैपनि उ ओगटेर बस्थ्यो। उसका छेउमा जान नयाँ बाच्छाहरु डराउथे। किन भने उनीहरुले उसको पहिलाको बल देखेर हुर्केका थिए। उसको नजिक कोहि जान मान्दैनथे। अब भयो के भने त्यो गाउँमा गाई बाच्छिहरु गर्भिणी हुने छाडे। अब त्यहाँ नयाँ बाच्छा बाच्छिहरु जन्मिनै छाडे। यसले गर्दा त्यो गाउँमा हलो जोत्ने गोरुहरु भएंनन। किसानका खेतबारी बाझै भए। त्यो गाउँमा अनिकाल पर्यो। त्यो गाउँ अरु गाउँ भन्दा गरिव भयो। हामी कहाँ यस्तै उदाहरण छ।
अंग्रेजीमा एमफिल गरेका पौडेल पुराना पत्रकार हुन् ।
प्रकासित मिति २०७८–४–३२
फेसबुकबाट तपाईको प्रतिक्रिया