नेपालको शेयर बजारले नयाँ हाइट लिन्छ, लिन्छ–विश्लेषक पराजुली
भरत पराजुली,
शेयर बजार विश्लेषक
१) शेयर बजार विगत केही साता यता निरन्तर ओरालो लाग्ने क्रममै छ । किन हो ? सरकार फेरबदलको कारण वा के ?
मलाई के लाग्छ भने बजार सधै एक्स्पेक्टेसनले चल्छ । लगानीकर्ताले जुन एक्स्पेक्टेसन गरेको हुन्छ, त्यो पुरा भइसक्यो । त्यो पुगिसकेको कारणले गर्दा प्रोफिट बुकिङ नेचर एउटा भयो । अर्को भनेको सरकार परिवर्तन एउटा बाहना मात्रै हो । मान्छेले नाफा बुक गरिसकेको कारणले बजार घटेको हो भन्ने मलाई लाग्छ । अर्को कुरा जुन एक्स्पेक्टेसन थियो लगानीकर्ताहरुको, वास्तम्बमा बजार त्यही एक्स्पेक्टेसनले चलेको हो । अब बजारलाई पुस गर्नका लागि अरु–अरु फ्याक्टरहरु हुनुपर्छ जस्तो मलाई लाग्छ । अरु फ्याक्टर के हुनसक्छ त भन्दाखेरीे जस्तो डिम्याटलाइज भयो । डिम्याटमा कारोवार हुन लाग्यो । त्यसले गर्दा ट्रनओभर बढ्यो । नयाँ लगानीहरु भित्रिए । बजारमा डिमान्डहरु क्रिएट भए । बजार राम्रो हुदै गयो । भुकम्प गए पनि, नाकाबन्दी भएपनि, त्यस्तो अवस्थामा समेत कम्पनीहरुले नाफा राम्रो निकाले । सेकेन्ड क्वाटरमा पनि राम्रै थियो । नेपाल राष्ट बैंकले केही सुविधाहरु दियो । चौथो क्वाटरमा पनि कम्पनीहरुको राम्रै रिर्पोट आयो । इन्स्योरेन्सहरुको पनि ग्रोथ राम्रै देखियो । बैकिङको पनि राम्रो भयो । ग्रोथको कारणले गर्दा मान्छेहरुले जुन एक्स्पेक्टेसन राखेका थिए त्यो पुरा भयो र प्राइस यहाँसम्म पुग्यो ।
अव यहाँबाट कति बढ्ने त भन्दाखेरी अब बजारलाई अझै पुस गर्ने अरु फ्याक्टर छन् जस्तो लाग्छ । त्यसमा चाँही ३ ओटा फयाक्टर छन् जस्तो लाग्छ । अब नयाँ फयाक्टर भन्दाखेरी अनलाईन टेडिङ सिस्टमको जुन कुरा छ । अनलाइन टेडिङ सिस्टम भइसकेपछी मार्जिन ट्रेडिङको सुविधा हुन्छ । ब्रोकरहरुले मार्जिन टे«डिङ सुविधा दिन्छ । त्यो भइसकेपछी बजारले अर्को हाइट छुन्छ ।
अर्को बाणिज्य बैकहरुलाई लाइसेन्स दिने जुन कुरा छ । त्यसले बजार एक तरिकाले अघाडी बढछ । किनभने मार्केट त विस्तार हुन्छ । बोर्करहरुले विस्तार गर्न नसकेको अवस्थामा, तिनीहरुलाई रोकेको पनि छ अहिले । कर्मशियल बैकहरुलाई लाइसेन्स दिएपछि बजार विस्तार हुन्छ । बोर्करहरुलाई पनि रोकेको छ सेक्युरेटी बोर्डले अहिले । त्यो बजार विस्तार गर्न तिनीहरुलाई काम गर्न दियो भने नेपालभरी टे«डिङ भयो भने बजारले अर्को चोटी नयाँ हाइट लिन्छ ।
२) भनेपछी सरकार परिवर्तनको असर त होइन ?
सरकार परिवर्तनको असर छैन ।
३) बजारमा यसरी हवात्तै आएको उतारचढाबको अल्पकालिन र दिर्घकालिन असर के हुन्छ ?
यसको असर अल्पकालीन हो । नयाँ लागानीकर्ताले प्लानिङ भएर बेचे भने मात्र यसले असर गर्ने हो, जसले होल्ड गर्छ त्यसले बजारमा सधै जित्छ । मेरो बुझाइ त्यो छ ।
अर्को कुरा त्यस्तो प्लानिङ हुने जरुरी छैन किनकी २ अढाइ सय अंकले घटेको न छ । अलि अलि अझै घटला त्यो आफनो ठाउँमा छ । तर बोर्डले गर्न आँटेको कामहरु त गरिरहेकै छ । नयाँ प्रोभिजनहरु लिएर आउला । त्यो हुँदाखेरी बजार चाँही बढछ नै ।
४) केही अघि बावुराम भटराइले शेयर बजार जुवाको खाल हो भनेका थिए । त्यसको असर बजारमा अधापी कायम छ । भनेपछी नेपालको शेयर बजारको अवको भविष्य कस्तो छ ?
त्यतीखेर उहाँले जुन कुरा भन्नु भयो । वास्तम्बमा भन्ने हो भने बजार जुवा घर हुदै होइन । यो चाँही दिर्घकालिन रुपमा लगानी गर्ने ठाउँ हो । अव कम्पनीहरुको कार्यसम्पादन पनि राम्रो हुदै जाँदैछ । त्यो भएको कारणले बजार त्यो साइकोलोजीबाट पर हटेर धेरै माथी पुग्छ । त्यसको लागि यही ६ महिना वा एक बर्ष भित्र पुग्छ भन्ने होइन की नेपालको शेयर बजारले नयाँ हाइट लिन्छ, लिन्छ । अहिले चाँही सेन्ट्रलाइज छ । उपत्यका बाहिर भएका साथीहरुले शेयर किनी दिनुस् न भन्छन् । मेरै साथीहरुले पनि भनेका छन । त्यो भएको कारणले बजारले हाइट लिन्छ तर त्यसको लागि अझै केही समय कुनुपर्ने हुन्छ । सेक्युरिटी बोर्डले अघि मैले जुन तीन ओटा कुरा भने त्यो कुरा ग¥यो भने चाँही बजारले नयाँ हाइट लिन्छ ।
५) शेयर बजारमा ठुला लगानीकर्ताहरुले चलखेल गर्छन । हल्लाउने ओर्ने गर्छन भनिन्छ, अवस्था के हो ?
म के भन्छु भने ठुला लगानीकर्ता कसलाई भन्ने ? साना लगानीकर्ता कसलाई भन्ने ? प्रोफिट वुकिङ नेचर जसमा पनि हुन्छ । त्यो भएको कारणले गर्दा कसैले पैसा झिक्छ भने बजारबाट उसले पैसा पाउँछ, उसलाई प्रोफिट भयो २ गुना, ४ गुना भयो भने उसले चाँही प्रोफिट झिक्न सक्छ । त्यो भएर लगानीकर्ताले बुझेर लगानी गर्नुप¥यो । मार्केट हल्लाका आधारमा लगानी गर्नु भएन । त्यो भएको कारणले गर्दाखेरी बजारमा जसले पनि पैसा झिकेको हुनसक्छ अहिले । हामीले इंगित गरेर यो नै ठुलो लगानीकर्ता हो । यत्रो पैसा झिक्यो भनेर हामीले कुरा गर्न सक्दैनौ । तर कुरा के छ भने जस्तै म्युचुअल फण्डको एउटा सानो उदाहरण लिउँ । म्युचुअल फण्डले एउटा सानो युनिट मार्केटमा बेचेर उसले पनि कमाउने गरि नै लगानी गरेको हुन्छ । उसको लगानी पनि ठुलो हुन्छ । उसले पनि रिर्टन लिनु पर्नेहुन्छ । त्यो अवस्थामा उसले शेयर बेच्यो भने साना लगानीकर्ताहरुले त्यसलाई बुझेर उनीहरुले पनि खेल्न सक्नुपर्छ । किनभने बजारमा सोच विचार गरेर खेल्नुपर्छ सबैले । कुरा त्यो हो । त्यही भएर ठुला लगानीकर्ता निस्किए, सानालाई गाह्रो भो नयाँलाई गाह्रो भो भन्ने कुरा चाँही होइन ।
६) कारोबारको हिसावले बैकिङ तथा इस्न्योरेन्स सेक्टर बढी देखिन्छ । अन्य उत्पादनमुलक क्षेत्र बजारमा आउन सकेको छैनन् नी, किन हो ?
हाम्रो नेप्सेमा वित्तिय क्षेत्रकै दबदबा छ । रियल क्षेत्रहरु त्यती छैनन । हाम्रो नेपालमा नेप्से बढ्दा सबै बढ्ने, घटदा सबै घट्ने खालको छ । यदी रियल सेक्टर बजारमा आयो भने चाँही त्यसले बजारलाई धेरै माथी पु¥याउँछ । उत्पादनमुलक एवं सेवामुलक अरु संस्थाहरु जस्तो डिपार्टमेन्टल स्टोर लगाएत अरु उत्पादनमुलक सस्थाहरु आउने हो भने त्यसले बजारलाई धेरै माथी पु¥याउँछ । तर तत्कालै त्यस्तो सम्भावना पनि देखिदैन । रियल सेक्टरहरु आउन नचाहेको हो वा सरकारले सुविधा नदिएको हो त्यो कुराहरु छन् । तर सरकारले तिनीहरुलाई राम्रो पोलिसी बनाएर तान्न सक्नुपर्छ । जस्तो अहिलेको बजेटले पनि भनेको छ यदी रियल सेक्टर शेयर बजारमा आउने हो भने निश्चित प्रतिशत कर छुट जस्ता कुरा गरेको छ । अझै उनीहरुलाई आर्कषित गर्नुपर्छ, बजारमा आउनका लागि । कर छुट गरेर हुन्छ की उनीहरुलाई कसरी हुन्छ पोलिसी बनाएर नेप्सेमा प्रवेश गराउनु पर्छ जस्तो लाग्छ ।
७ ) बजारलाई नियामक सस्थाहरुले अझै काम गर्न नसकेको भन्ने पनि आजाव उठेका छन नी ?
गर्न त नगरेको होइन, गरेको छ । फिजिकलबाट डिम्याटलाइजमा कारोबार लगेको छ । त्यो भयो । विस्तारै विस्तारै अनलाइन टेडिङ सुरु हुन्छ अब । त्यो भएपछि तपाइले घरमा बसी बसी शेयर किनबेच गर्न सक्नुहुन्छ । त्यसबाट गाउँ गाउँसम्म पहुँच पुग्छ । त्यो भएपछी त राम्रो हुन्छ नी । विस्तारै विस्तारै बोर्डले काम गर्दैछ । जे होस् बोर्डले गरिरहेकै छ । तत्काल गर्नुपर्ने चाँही अनलाइन टे«डिङ सिस्टम जसरी भएपनि गर्नुप¥यो । अर्को बैकहरुलाई कसरी हुन्छ लाइसेन्स दिनुप¥यो । त्यो भयो भने आम नेपाली नागरीकहरु जहाँ बसेर पनि शेयरको कारोबार गर्न सक्छन । त्यो हुँदा आपसेआप बजारको भोलुम पनि बढछ । कम्पनीहरुको कार्यसम्पादन त राम्रो भएर गएकै पनि छ । त्यसले मार्केटलाई अझै नयाँ हाइट दिन्छ भन्ने मलाई लाग्छ ।
८ ) शेयर बजारमा कालो धनको हङगामा छ नी । त्यो के हो ?
ठुलो भोलुममा कारोबार भएको कारणले त्यो भएको पनि हुनसक्छ । तर बोर्डले झ्याली पिटने भन्दा पनि क्लोज अब्जरभेसन गरेर त्यसको लगि नेपाल राष्ट्र बैकको सम्पती शुद्धीकरण एकाइ जुन छ त्यसको थु्रबाट मिलेर आन्तरिक रुपमा त्यस्तो लगानी बन्देज गर्नु पर्छ । बास्तम्बमा रोक्नु चाँही हुँदैन । यो झ्याली पिटाएर गर्ने काम होइन । आन्तरिक रुपमा त्यस्तो लगानी बन्देज चाँही गर्नुपर्छ ।
९) अन्त्यमा, के भन्नुहुन्छ ?
मेरो आफना धारणाहरु राख्ने मौका दिनु भएकोमा विजनेसपाटी डटकमलाई धेरै धन्यबाद छ । बजारको राम्रो भविष्य छ । धर्यता गर्न र विचार पुर्वक लगानी गर्न सबैलाई आग्रह गर्दछु । धन्यवाद ।
प्रस्तुती रिसव गौतम
फेसबुकबाट तपाईको प्रतिक्रिया