नेपालको ११ खानी खोज्न २९ कम्पनी इच्छुक, एक महिना भित्रमा सर्ट लिस्टिङ हुने

बिजनेसपाटी २३ अशोज ।
खानी तथा भूगर्भ विभागले १ महिना भित्रमा नेपालका विभिन्न स्थानमा रहेका खानीको उत्खनन तथा अन्वेषण गर्ने कम्पनीको सर्ट लिस्टिङ गर्ने भएको छ । विभागले २०७३ चैत १ गतेदेखि नेपालका १५ वटा खानी उत्खनन तथा अन्वेषणका लागि खुल्ला प्रतिस्पर्धा मार्फत आव्हान गरेको थियो ।
खानी तथा भूगर्भ विभागका उपनिर्देशक रामप्रसाद घिमिरेले १ महिनाभित्रमा खानी उत्खनन तथा अन्वेषण गर्ने कम्पनीको सर्ट लिस्टिङ गर्ने जानकारी दिएका छन् ।
‘११ वटा खानीका लागि २९ वटा कम्पनीबाट प्रस्ताव आएको छ, कम्पनीहरुको आन्तरिक मुल्याङकनको काम भईरहेको छ र एक महिनाभित्रमा कम्पनीहरुको सर्ट लिस्टिङ हुन्छ,’ उपनिर्देशक घिमिरेले भने ।
सरकारले १ बर्षदेखि निजी क्षेत्रलाई खनिजजन्य पदार्थ खोजी गर्ने अनुमति दिन रोक लगाएको थियो । हाल पुन निजी क्षेत्रलाई खनिजजन्य पदार्थको खोजीमा सहभागि गर्नका खुल्ला प्रतिस्पर्धा मार्फत आव्हान गरिएको हो ।
विभागले नेपालका विभिन्न स्थानका १५ वटा खानीका लागि टेण्डर माग गरेको थियो । जसमध्ये ११ वटा खानीमा २९ वटा कम्पनीले इच्छा जाहेर गरेका हुन् ।
२९ वटा कम्पनीमध्येमा ३ वटा विदेशीसहित २९ वटा कम्पनीले इच्छा देखाएको विभागले जनाएको छ ।
खोज तलासका लागि खुल्ला गरिएको खानी

जिल्ला खनिज क्षेत्रफल (वर्ग किलोमिटर)
धादिङ÷मकवानपुर लिड, जिन २२.३११
धादिङ÷मकवानपुर लाइमस्टोन २४.२४४
धादिङ÷मकवानपुर लाइमस्टोन २०.९३५
मकवानुर कप्पर ८
तनहुँ आइरन २६.१९
धादिङ कप्पर १२
मकवानपुर कप्पर १२
उदयपुर कप्पर २४
बैतडी लइमस्टोन १५
उदयपुर लाइमस्टोन ०.९३७५
पाल्पा लाइमस्टोन १५
पाल्पा लाइमस्टोन १५

अन्वेषणका लागि खुल्ला गरिएको खानी

जिल्ला खनिज क्षेत्रफल (बर्ग किलोमिटर)
काभ्रे लाइमस्टोन १.३७५
स्याङजा लाइमस्टोन १०.०२८८
सुर्खेत लाइमस्टोन १.९६६

फेसबुकबाट तपाईको प्रतिक्रिया