नेपालको कूटनीतिक शैलीप्रति ईयूको गुनासो

काठमाडौँ १२ अशोज
यूरोपेली महासंघ (ईयू) ले नेपालको कूटनीतिक व्यवहार र शैलीप्रति गुनासो गरेको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका पुगेका परराष्ट्रमन्त्री प्रकाशशरण महत पूर्वनिर्धारित कार्यक्रमअनुसार बेल्जियमको ब्रसेल्स नगई अमेरिकामै बसेपछि ईयू र बेल्जियम असन्तुष्ट बनेका हुन् ।
महत नेतृत्वको टोली ब्रसेल्स हुँदै नेपाल फर्किने कार्यक्रम तय गरिएको थियो । त्यसैअनुसार ब्रसेल्सस्थित नेपाली दूतावासले महतको ईयू अध्यक्ष जो क्लाउड योङर र बेल्जियमका परराष्ट्रमन्त्री डिडिआर रेग्डरसँग भेटघाटको समय मिलाएको थियो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया