नेपालभाषाका नाटकमा इव्सेनवादी शैलीको प्रादुर्भाव– प्रा.डा.चुन्दा वज्राचार्य


स्वयम्भू शाक्य
नाटक, अरु विद्या भन्दा कम लेख्ने विद्या हो । त्यसैले यसको समालोचना गर्ने समालोचकहरु कम हुनु स्वभाविक हो । भनिन्छ, कुनै पनि विषयमा निष्पक्ष भएर गुण, दोष र उपयुक्तताको विवेचना गरी सत्यतथ्य र वस्तुनिष्ठ तरिकावाट कसीमा घोत्नु नै समालोचकको कर्तव्य हो । साहित्यलाई कुन दिशामा लग्ने र भविष्यमा सिर्जना कसरी गराउने भन्ने सम्वन्धमा समालोचकले प्रेरणा र तिर्खाने काम गरिन्छ । पाश्चात्य साहित्यमा एरिष्टोफेनस्, स्रोकेटिज् र एरिष्टोटल जस्ता महान समालोचकहरुले समालोचनाको आरम्भ गरेको देखिन्छ भने पूर्वीय समालोचकमा आचार्य भरतमुनिलाई मान्ने गरिन्छ । नेपाली साहित्यमा मोतीराम भट्ट (वि.सं.१९२३–१९५३) ले वि.सं.१९४८ मा प्रकाशित “कवि भानुभक्तको जीवन चरित्र” नै नेपाली भाषाको पहिलो समालोचना हो । नेपालभाषा साहित्यमा समालोचकको पहिलो आरम्भ जगतमान बैद्य उर्फ धर्मआदित्य धर्माचार्य (धर्मादित्य धर्माचार्य,ने.स.१०२२–१०८३) ले गरेका थिए । धर्मआदित्य धर्माचार्यले भारत कलकोत्तावाट प्रकाशित “बुद्ध धर्म व नेपालभाषा” पत्रिकामा “नेपालभाषा व थ्वया साहित्य” नामक शीर्षकमा विभिन्न अंकहरुमा समालोचना लेखी प्रकाशित गरेका थिए । नेपालभाषा साहित्यमा नर्वेका विश्व प्रसिद्ध नाटककार हेनरीक जोन इब्सेनवादी साहित्य कहिलेदेखि भित्रियो भन्ने सम्वन्धमा अतीतलाई खोट्ल्ने काम नेपालको इतिहासमा सर्वप्रथम घरःपौैका अध्ययन र अनुसन्धान गर्ने इतिहासकार तथा समालोचक प्रा.डा.चुन्दा वज्राचार्यले “नेपालभाषाया आधुनिक नाटकय् मिसा समस्या” नामक अनुसंधानात्मक कृति ने.स.१११८ मा नेपालभाषा मिसा खलःवाट प्रकाशित भए पश्चात चर्चाको विषय हुन गएको हो । नारी समस्याहरुलाई केन्द्रीकृत्त गरी नाटकको प्रादुर्भाव कहिले भयो भन्ने सम्वन्धमा प्रस्तुत पुस्तकमा समालोचकले आफ्नो धारणा सहित स–विस्तार वर्णन गरिएको छ ।
हुनत, रास्काइलस, सोफोल्कस्, युरिपिडिज र सेनेका जस्ता महान् नाटककारहरुले रचना गरिएका नाटक भन्दा एक पाइला अगाडी शेक्स पियर, वेन जोनसन, थोमस डेकर, जोन मास्र्टोन, जर्ज चापमान, जोनफिचर जस्ता महान् विश्व साहित्यकारहरुले स्वच्छन्दतावाद नाटक लेख्ने कार्यको थालनी भएको हो । त्यसपछि गतिशील विचारधारा र यथार्थवाद विचारधारालाई आत्मसाथ गरी विश्वमा सवभन्दा पहिला नारी समस्यालाई विषयवस्तु वनाएर नाटक लेख्ने नर्वेका प्रकृति तथा यथार्थवादी नाटककार नर्वेका हेनरीक जोन इब्सेन ( ज्भलचष्प व्यजबल क्ष्दकभल, द्दण् ःबच ज्ञडद्दड(द्दघ mबथ ज्ञढण्ट ) हुन् । जसलाई आधुनिक नाटकका पिता पनि भनिन्छ । इब्सेनले शुरुमा समाजका विभिन्न समस्याहरुलाई नाटकमा प्रस्तुती करण गरे पछि मात्र नारी समस्यालाई उजागर गरिएको हो । विश्वमा धेरै चर्चा परिचर्चा भएको सन १८७९ मा प्रकाशित “ब् म्यििुक ज्यगकभ” नाटक हो । प्रस्तुत नाटकमा नारी केवल बच्चा जन्माउने मेसिन र मनोरञ्जनको साधनको रुपमा हेर्नु हुदैंन । नारी त माया, ममता, धैर्य, सहनशीलता र सृजनात्मकत्व भएको व्यक्ति हो । त्यसैले नारीशतिm त्यस्तो शतिm हो, जसले जतिसुकै परिस्थितिमा पनि पे्रम,माया र स्नेहलाई विश्वास गरिन्छ । तर नारी हृदयलाई आघात पुग्ने गरी कुनै काम गरिन्छ भने ढुंगाझै कठोर बनेर विश्वास र क्षमामात्र होइन फर्केरसम्म हेर्ने चाहदैनन् भनी नाटककारले आफ्नो धारणा व्यक्त गर्नु भएको देखिन्छ । उक्त नाटकमा किसमस इभको समयमा नोरा बजार गएर आउँदा किसमस ट्री ल्याउँछिन् । हेलमोल पढाइ छोडेर नोरालाई भन्छिन , तिमी पैसा खर्च गर्न जान्दैनौ । लोग्नेले हेर्दा नोरा फजुल खर्च गर्ने आइमाई र घर पालुवा जनावर मात्र हुन । नोराको विचारमा हेलमोल बैकका म्यानेजर भएकोले पैसाको अभाव हुने छैन । हेलमोल कसैसंग पैसा सापटी लिनु र चकलेट खानुलाई पनि उचित मानिदैनन् । एक दिन लोग्ने सिकिस्त विरामी हुन्छ र नोरासंग औषधी उपचार गर्न पैसा नभएकोले कोग्स्टाड (बैकका कारिदा) को सहयोगमा बैकवाट पैसा निकाली लोग्नेको औषधी उपचार गरी निको पाछें । तीन दिन अगाडि मरिसकेको बुबाको हस्ताक्षर गरी पैसा निकाल्ने काममा कोग्स्टाडले पनि सहयोग गरेको थियो जुन कागज उसैसंग छ । कोग्स्टाडलाई बैकको सेवावाट वर्खास्त भएपछि कोग्स्टाडले नोरालाई कीर्ते हस्ताक्षर गरी पैसा निकालेको भनी धम्कि दिन थालेकोले नोराले लोग्नेलाई फेरी कोग्स्टाडलाई वैकमा राख्न सल्लाह दिन छिन् । तर लाग्ने मानिदैन । बरु स्वास्नीसंगै सम्वन्ध विच्छेद गर्ने सम्मको विचार गर्छ । एक दिन डा रेक र क्रिटिना हेलमोलको घरमा आउछन् । क्रिटिना र नोरा सुखदुखका कुरा गरिरहेका वेला कोग्स्टाडको फ््रवेश हुन्छ । हुन त डा रेकले नोरालाई मन पराउन्थो भने विधुवा क्रिटिनाले कोग्स्टाडसंग । आफूनो कारणले वेइजती नहोस् भनी कोग्स्टाडको धम्किले नोरालाई तनाव भई आत्महत्या गर्ने सम्मको विचार गर्छे । कोग्स्टाडले धम्किपूर्ण पत्र पत्रमन्जषामा छोडेर गएको हेलमोललाई थाहा हुन्छ जस्को साँचो हेलमोलसंग भएकोले नोरा डराएर क्रिटिना मार्फत पत्र फिर्ता गराउँने प्रयास असफल हुन्छिन् । पछि नोराले वाचा गरेको समय समाप्त हुन्छन् र हेलमोलले पत्र पढ्न थाले पछि नोरा डराएर कोठाभित्र पस्छें । तर हेलमोलले पत्र पढ्दा नोराले गरेको दुखफ््रति फ्श्चाताप भई माफी मागे पनि नोरा संधाका लागि घर र सन्तानलाई छोडी बाहिर जान्छे र नाटक समाप्त हुन्छ ।
वास्तवमा नोराले आफ्नो पिताको हस्ताक्षर गरी पैसा लिनुपर्ने कारण आफ्नो लोग्नेको ज्यान जोगाउन औषधी उपचार गर्नु नै हो । लोग्नेले आफूलाई औषधी उपचार गर्दा यो पैसा कहाँवाट ल्याइयो भनी एक शव्द श्रीमतीलाई कहिल्यैं सोधेनन् । विरामीवाट निको भई उक्त क्रृणवाट आफूलाई अलि अप्ठेरो परेपछि मात्र विवाद सृजना गरेको देखिन्छ । जुन समस्या नारीहरुको समस्याका रुपमा नोराले भूमिका निभाएकी छिन् । तसर्थ इब्सेनले आफ्नो नाटकमा मध्यम वर्गलाई प्रस्तुत गरी परम्परागत नाटकको उलंघन गरेको देखिन्छ । जुन विधालाई वेलायतमा पनि अग्रेजी कवि तथा नाटककार जर्ज वनार्ड शा ( न्भबचनभ द्यभचलबचम क्जबध , व्ग िद्दट,ज्ञडछट(ल्यख द्द,ज्ञढछण् ) जस्ता विश्व प्रख्यात नाटककारले अवलम्वन गरेको देखिन्छ भनी प्रचीन तथा आधुनिक नेपालभाषा शव्दकोष निर्माण गरेकी शव्दविद प्रा.डा.चुन्दा वज्राचार्यले आफ्नो पुस्तकमा विश्वमा देखा परेका नारी समस्यालाई इब्सेनको नारीमूलक नाटकवाट उजागर गरिएकी छिन् ।
विश्व साहित्यलाई अध्ययन गर्ने हो भने प्राचीन कालदेखि नै नाटक विद्या देखा पर्दछ । देशकाल परिस्थिति अनुसार यो नाटक विधा पनि परिवर्तन हुँदै प्राचीनकालमा प्रचलित घटनामूलक नाटकहरु हाल आएर घटनामा मात्र केन्द्रित नभई समस्यामूलक नाटक लेख्ने परम्पराको विकास भएको देखिन्छ । बस्तुतः मानव जीवनमा समस्याहरु जन्मिरहन्छन् । त्यसैले यस्ता समस्यामूलक नाटकहरुलाई समाजले रुचाउने गरिन्छ जुन जीवनसंग मेल खान्दछ । तसर्थ आजको आधुनिक युगमा मान्छेको असीमित इच्छा, आकान्क्षा र चाहनाहरुले गर्दा नयाँ नयाँ मानवीय समस्याहरुको जन्म भैरहेको देखिन्छ ।
विश्व प्रख्यात अग्रेजी कवि तथा नाटककार जर्ज वनार्ड शाले नारी समस्याका वारेमा थुप्रै नाटकहरु लेख्नु भएको छ । इब्सेनको विषयवस्तु र शैलीमा यथार्थवादको रुपमा त्जभ त्रगष्लतभककभलकभ या क्ष्दकभलष्कm (इब्सेनवादको सार) नामक लेख लेखी इब्सेनले देखाएको वाटोमा नाटक लेख्नु पर्छ भनी प्रचार प्रशार गर्नुका साथै आफूले पनि उकृष्ठ समस्यामूलक नाटक लेखी इब्सेनलाई विश्वमा परिचित गर्ने कार्य जर्ज वनार्ड शाले गर्नु भएको थियो । इब्सेनको धारणानुसार विवाह गर्नु नै नारी स्वतन्त्रताको अन्त हुनु हो भने जर्ज वनार्ड शाको धारणामा नारीहरु आर्थिक रुपमा स्वतन्त्रता नभएको कारणले गर्दा पुरुष जस्तै नारी स्वतन्त्रता नभएको हो । तसर्थ नारीहरु आफू आर्थिक रुपमा स्वतन्त्र नभएको कारणले गर्दा आफूलाई पाल्न सक्ने केटाको खोजी गरि विवाह गर्ने वाध्यता हुन गएको हो । जहाँ लोग्नेले जे भन्यो श्रीमतीले त्यही गर्नु पर्ने हुन्छ । जसले गर्दा नारीले स्वतन्त्रता पाउन सक्दैनन् र दासी जस्तो जीवन विताउन बाध्य हुन्छन् भनी धारणा व्यक्त गर्नु भएको छ । लन्डन स्कूलका अफ इकोनोमिक्सका सह–संस्थापक जर्ज वनार्ड शाले नारी स्वतन्त्रताको समस्यालाई लिएर प्रस्तुत गरिएको नाटक हो ऋबलमष्मब । यस नाटकमा पुरुषलाई जस्तै नारीलाई पनि समान अधिकार र स्वतन्त्रता दिनु पर्छ भनी आवाज उठाई सामाजिक क्रियाकलापका धर्मगुरु जेम्स मेयर मोरेलकी श्रीमती क्यान दिदाले आफूलाई चाहिने स्वतन्त्रताको आवाज राख्दै आइरहेको देखिन्छ । पुरुषले सकेसम्म नारीलाई शोषण गरी बाँच्न खोज्छ । त्यसैले नारी प्रति समाजको अन्याय, अत्याचार, अस्मीता र स्वतन्त्रताको वुलन्द आवाज विश्व प्रख्यात नाटककार जर्ज वनार्ड शाको विश्व प्रसिद्ध नाटक ब्चmक मा गर्नु भएको देखिन्छ । विवाहदेखि वीरतासम्म र इज्जतको विषयमा रोमानीवादी धारणावाट ग्रष्ट भई यथार्थतालाई हेरेकोले नारी स्वतन्त्रतामाथि बाधा व्यवधान आइरहेको भनी प्रस्तुत नाटकमा प्रस्तुतीकरण गरेको देखिन्छ । त्यस्तै यथार्यवाद समस्यालाई समेटिएर नाटक लेख्ने परम्परा स्वीडेनमा स्टिडु वेर्ज, फान्समा मैतेलिङ्ग र रुसमा चेखोब जस्ता नाटककारहरुको प्रभाव विश्वमा पर्न गएको देखिन्छ ।
नेपाली नाटक विद्यामा मोतीराम भट्ट, शम्भूप्रसाद, पहलमान सिंह स्वाँर जस्ता नाटककारहरुले अनुवाद नाटकवाट शुरु गरिएको देखिन्छ । वि.स.१८५५ मा शक्तिबल्लभ अर्यालको नेपाली भाषामा पहिलो नाटक “हस्यकदाम्ब” लाई लिन सकिन्छ । मौलिक नेपाली नाटक लेख्ने कार्य सबैभन्दा पहिला नाटककार बालकृष्ण सम (वि.सं.१९५९–२०३८) हुन् । उनले पश्चात्य विलियम शेक्स पियर ( ध्ष्ििष्बल क्जबपभकउभबचभ द्दट ब्उच, ज्ञछटद्ध ( ब्उच द्दघ, ज्ञटज्ञट ) का शैलीमा नाटक लेख्ने कार्य आरम्भ गरेका थिए । वि.सं.१९८६ मा नाटककार बालकृष्ण समको “मुटुुको व्यथा” ले नेपाली नाटकको आघुनिक काल आरम्भ भएको हो । नेपाली नाटक विद्यामा इब्सेनको ब् म्यििुक ज्यगकभ बाट अति प्रभावित भई पहिलो नाटक “मसान” लेख्ने प्रगतिशील साहित्यकार गोपाल प्रसाद रिमाल (वि.स.१९७५–२०३०)हुन् । विं.स.१९९१ सालमा एसएलसीमा वोर्ड प्रथम भएका नाटककार गोपाल प्रसाद रिमालले छन्दमा लेख्ने परम्परालाई तोडेर गद्यमा कविता लेखी क्रान्तिकारी कविका रुपमा चिर परिचत भएका छन् । आधुनिक शैलीको पहिलो नाटक “यो पे्रम” हो । यसको प्रकाशन वि.स.२०१५ सालमा मात्र भएको थियो । वि.स.२००२ सालमा लेखिएको ‘मसान’ नाटक वि.स.२००३ सालमा प्रकाशित भएको थियो । त्यसैले ‘मसान’ नाटक सामाजिक यथार्थवादी पहिलो नेपाली आधुनिक नाटक मात्र होइन नारी समस्यालाई उजागर गरिएको पहिलो नाटक पनि हो ।
नेपालभाषा साहित्यमा अहिलेसम्म सवैभन्दा पुरानो “हरिसिद्धि” नाटक हो । जुन नाटक विं.स. शुरु हुनु भन्दा ९४ वर्ष अगाडी देखि नै मञ्चन भएको देखिन्छ । यो जात्रा होली पूर्णिामाका दिन मनाइन्छ । हरिसिद्धिलाई जल देवता पनि भन्ने गरकोले यस नाचलाई जल प्याँख भनिन्छ । हरिसिद्धि नाच भारतका उजेनका राजा विक्रमादित्यद्घारा शुरु गरिएको मानिन्छ । पछि विक्रमादित्य नेपालमा आई मन्दिर स्थापना गरेकोले यो नाच लिच्छवीकालमा शुरु भएतापनि कालान्त्तरमा बन्द भयो । यो नाच कालिगत सम्वत ३७०५ तद्नुसार सन् ६०५ मा नृत्यनाचको रुपमा परिवर्तन भएको हो । नेपालको सवैभन्दा पुरानो हरिसिद्धि नाच राजा प्रताप मल्लको शासनकालदेखि हालसम्म हरिसिद्धि (हरिसिद्धिलाई नेवारी भाषामा जल भनिन्छ ) नाच देखाउँदै आइरहेका छन् । उग्रतारा नील सरस्वतीलाई मुख्य पात्रको रुपमा सुत्रवीर नगेन्द्रलाई हत्या गर्ने कथावस्तुमा आधारित हरिसिद्धि नाच राजा विक्रमादित्यलाई उज्रतारा देवी देउता भनी वनाएको हो । जुन नाच राजा सिद्धिनरसिंह मल्लले हरिसिद्धिमा मात्र देखाउने गरियो । पछि पाटनका तान्त्रिक गयो जुजुले राजा रत्न मल्लको पालामा लोप हुन लागेको यो जात्रा जोगाउन भवानीलाई जगाई यो हरिसिद्धि नाचलाई थ्यासफूमा लेखिएको देखिन्छ । ने.स. ५७९ मा राजा अमर मल्लले मन्दिर स्थापना गरी तान्त्रिक गयो जुजुको सहयोगले हराइएको नृत्यलाई पुन जीवित गरिएको थियो । तसर्थ उक्त नाचवाट पनि तत्कालिन समयमा नाटकको राम्रो विकास भैसकेको थियो भने स्पष्ट हुन्छ ।
स्कन्ड पुराणनुसार हरिसिद्धि सवैभन्दा पहिले प्रकट भएकी देवी हुन । एक दिन महादेव र पार्वती पासा खेलिरहेको वेला दैत्यले दुख दिएकोले महादेवले पार्वतीलाई वध गर्न आग्रह गरे । महादेव आग्रहनुसार पार्वतीले भगवतीको रुप घारण गरी दैत्यलाई वध गरेकोले महादेव खुशी भई पृवीलोकमा हरिसिद्धिको नामवाट प्रख्यात हुने वरदान दिएको किम्बदन्ती छ । त्यस्तै अर्केा किम्बदन्तीनुसार एक जना शिष्य दाउरा खोज्न फुल्चोकी जंगलमा गएको वेला त्यहाँ स्वर्गवाट आएका देवदेवीहरुको नृत्य भैरहेको लुकेर हेरेको कुरा गुरुलाई भने पछि गुरु उक्त जंगल गई तारण लगाई लुकेर बसे । स्वर्गवाट आएका देवदेवीहरुको नृत्य सकी स्वर्ग जाने वेलामा जाने सकिएन । गुरुले हरिसिद्धि गणलाई माफी मागी उक्त नृत्य लुकेर हेरेको र पुन एक पटक हर्ने प्रवल इच्छा रहको प्रार्थना गरे पछि तान्त्रिक गरुले सम्पूर्ण देवदेवी गणलाई कलशमा विराजमान गराइ हरिसिद्धिमा वास दिएका थिए ।
मल्लकालीन समयमा भावनृत्यवाट विकास भई विभिन्न जातक, पुराण र अवदान जस्ता पौराणिक ग्रन्थहरुको आधारमा नाटक लेख्ने परम्पराको विकास धेरै पहिला भएको देखिन्छ । मौलिक नाटकको रुपमा सवैभन्दा पहिला राजा जगतप्रकाश मल्लको “मूलदेव शशिदेव” हो । एतिहासिक व्यक्तिहरुको चरित्रलाई आधार मानी नाटक लेख्ने कार्य राजा भूपतीन्द्र मल्लदेखि श्री ५ राजेन्द्र वीरविक्रम शाहसम्म भएको देखिन्छ । ऐतिहासिक व्यक्तिहरुको चरित्रका साथसाथैं समाजसंग सम्वन्धित शैली परिवर्तन गरी नाटक लेख्ने नाटककार भिक्षु सुदर्शन, हेमलाल जोशी र सत्यमोहन जोशी जस्ता साहित्यकाहरु देखा परे । विश्वमा भैरहेको नारी समस्यामूलक इव्सेनवादी नाटक लेख्ने परम्पराको श्री गणेश ईश्वरानन्द श्रेष्ठाचार्यको एकाकी नाटक “पसुका” (ने.स.१०७७) देखा पर्यो । उक्त नाटकमा परम्परागतका कुसंस्कारलाई विरोध गदैं नारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नु पर्दछ र आर्थिक स्वतन्त्रता हुनु पर्छ भनी आवाज उठाएको देखिन्छ ।
ने.स.११०९सम्म नेपालभाषावाट प्रकाशित एकाकी नाटक ४२ वटा प्रकाशित भएकोमा इश्वरानन्द श्रेष्ठाचार्यको “थःगु छेँ” र “फसंपु लप्ते”, वासुशशिको “ताःचाप्वाँय्” र “झुमि यंम्ह मनू”, गिरिजाप्रसाद जोशीको “बाखा छेँ” र बासुपासाको “श्रद्धा” पनि रहेको देखिन्छ । नर्वेका इव्सेनशैली नेपालभाषाको नाटकमा सबैभन्दा पहिले भि¥याउने ईश्वरानन्द श्रेष्ठाचार्य हुन् । उहाँको“थःगु छेँ” (ने.स.१०७८) र “फंसंपु लप्ते” (ने.स. १०८०) दुवै नाटक नारी समस्यालाई केन्द्रकृत गरी लेखिएको नाटक हो । “थःगु छेँ” नाटकमा विवाह भएको ६ महिनानै लोग्नेको मृत्यु भई लोग्नेको घरमा बस्न नसकी माइतीमा बसेकी नारीको नारी समस्यालाई उजागर गदैं छोराको सपना साकार पार्न दोश्रो विवाह गरिएको छ भने “फसंपु लप्ते” नाटकमा लोग्ने ल्हासामा गएको वेला लोग्नेको घरमा बस्न नसकी माइतीमा बसेकी र माइतीमा बस्दा पनि गाह्रो भएकोले पुनः विवाह गरी जाँदा नारीलाई त्यहाँ पनि समस्याले ग्रस्त भएको नाटक हो । त्यसैले नाटकमा नारीले जबसम्म आर्थिक स्वतन्त्रता प्राप्त गर्न सकिदैन तवसम्म यस्ता समस्याहरु रहिरहन्छ भनी समाजमा चेतना फैलाउने उदेश्यले नाटक केन्द्रीकृत भएको देखिन्छ ।
इव्सेनशैलीको प्रभावले वासुशशिले “ताःचा प्वाँय्” (ने.स.१०८०) र “झुमिं यंम्ह मनू”(ने.स.११०७) नाटक प्रकाशित गर्नु भएको थियो । “ताःचा प्वाँय्” नाटकमा घरपरिवारमा आर्थिक शक्ति आफूमा पार्न हाडेवाजीका कारणले आइपरेका समस्यालाई प्रस्तुत गरिएको छ । जसको हातमा आर्थिक शक्ति हुन्छ उसले घरलाई आफ्नो इच्छानुसार चलाउने भएकोले साँचोको झुप्पोको पनि ठूलो अर्थ हुने भनी यथार्थ सामाजिक चित्रण गरिएको छ । त्यस्तै “झुमि यंम्ह मनू” नाटकमा किशोरीहरुलाई विभिन्न प्रलोभनमा पारी अनैतिक कार्य गर्नमा प्रेरित गर्न र चरित्र भ्रष्ट मान्छेहरुले आफ्नो स्वार्थपूर्ति गर्न आम्दानीको स्रोत बनाउने भएकोले यो समस्या सृजना भएको हो भनी नाटककारले प्रस्तुत नाटकमा सजीव चित्रण गर्नु भएको छ ।
बासुपासाको “श्रद्धा” एकाकी नाटक पूर्णरुपमा नारी समस्यामूलक नाटक नभएतापनि नारी चरित्र र नैतिकताको प्रश्न उठाएको नाटक हो । विवाह गरे पछि नारीले वच्चा पाउनु पर्ने र निसन्तान तथा सौतनी बच्चाको पीडालाई समेटिएर लेखिएको नाटक हो । नाटककार, शिक्षक तथा समाजसेवक गिरिजा प्रसाद जोशी (वि.स.१९९५–२०४४) ले लख्नु भएकोे “वाखा छेँ” नाटक पूर्णरुपमा नारी समस्यामूलक नाटक नभएतापनि यस नाटकमा अंशवण्डा भई दुई दाजुभाइका वीच आर्थिक असमानताको कारणले समाजमा भैरहेको पीडालाई केन्द्रविन्दू वनाएर लेखिएको नाटक हो ।
वस्तुतः नेपालभाषा नाटक विद्यामा पनि इव्सेनको विद्यालाई अंगाली नारी समस्या र समाधानका उपायहरु के हुन सकिन्छ भन्ने अभिप्रायले नाटक लेख्न कार्य भएको देखिन्छ । त्यसैले नारीहरुसंग भएको कला र शीपलाई व्यवहारमा उर्टान र आर्थिकरुपमा निर्भर भए पछि मात्र नारी पनि पुरुष जस्तै हुनेछ । तसर्थ नारीहरु शिक्षित हुनु पर्ने, धन आर्जन गर्न सक्षम हुनु पर्ने आदि जस्ता कार्यहरुमा लाग्नु पर्दछ भनी नाटकहरुमा नाटककारहरुले आ–आफ्नो दृष्टिकोण प्रस्तुत गरिएको देखिन्छ भनी आदिवासी महिलाहरुको अध्ययन र अनुसन्धान गर्ने समालोचक प्रा.डा.चुन्दा वज्राचार्यले आफ्नो धारणा प्रस्तुत अनुसान्धानात्मक पुस्तकमा उल्लेख गरेकी छिन् ।
इतिहासलाई कोट्याउने हो भने राजा जगतप्रकाश मल्लले नपालभाषावाट लेखिएको “मूंलदेव शशिदेव” पूर्णाकी नाटक सवैभन्दा पहिलो नाटक हो भने एकाकी नाटकमा ने.स.७५१ मा राजा सिद्धिनरसिंह मल्लले लेखिएको वौद्धजातक कथामा आधारित “अष्टमी व्रत” नाटक हो । मल्लकालीन समयमा पनि नारी समस्यालाई विषयवस्तु वनाएर साहित्य सृजना भएको देखिन्छ । त्यसताका नारी साहित्यकारहरmले आफ्नो काब्य साधना गरेको तर नाटक विधा भन्दा कविता विधामा मात्र सीमित भएको देखिन्छ ।
नाटक विधामा सवैभन्दा पहिला ने.स.१०७९ मा प्रकाश कुमारी प्रधानले “टी.वी” नामक नाटक लेखी “धर्मोदय” पत्रिकामा प्रकाशित भएको देखिन्छ । यही नाटकनैं नारी नाटककारले लेखिएको पहिलो नाटक हो । त्यसपछि तानसेनमा भएको नेपालभाषा साहित्य सम्मेलनमा सास्कृतिक कार्यक्रम हुँदा उक्त कार्यक्रममा सबैभन्दा पहिला नारी नाटककार प्रकाश कुमारी प्रधानले लेखिएको “कलाकार” नाटक मञ्चन गरिएको थियो । त्यसपछि ने.स.१११४ मा शशीकला मानन्धरको “पलाः ख्वाय्” नामक नाटक अन्तर क्याम्पस साहित्य सम्मेलनमा प्रदशित गरिएको थियो । नारीले प्रकाशित गरेको पहिलो पुस्तक ने.स.१११७ मा “कलाकार” हो । त्यस्तै ने.स.१०८३ मा “मस्याङ्कपा” नेपालभाषा साहित्य क्षेत्रमा पहिलो कथा संग्रह प्रकाशित गर्नु भएको थियो । नाटककार प्रकाश कुमारी प्रधानले “टी.वी”, कलाकार”, “मचाम्झ डाक्टर” र “रहस्य” नाटकहरु लेख्नु भएका छन् भने नैतिक कथामा आधारित “बल र वुद्धि” र “पृथ्वीपालया अन्तिम न्हि” ऐतिहासिक घटना हो । उहाँको “रहस्य” र “मचाम्झ डाक्टर” नाटक नेपाली, जापानी, अग्रेजी भाषामा अनुवाद गरी पुस्तक प्रकाशित भैसेकेको छ भने “मचाम्झ डाक्टर” नेपालीमा अनुवाद गरी पाठ्यपुस्तकमा समेत समावेश गरिएको छ । नाटककार प्रकाश कुमारी प्रधानले नाटकमा समसामयिक घटनामा आधारित समस्यामुखी नाटक लेख्नु भएको छ । नारी समस्या भनेकै प्राय धेरै पुरुषवाट उत्पन्न हुन्छ र मानसीक तनावको कारण मृत्युवरणसम्म हुने गरेको सामाजिक चित्रणलाई सजीव ढंगवाट प्रस्तुत गरिएको देखिन्छ । “टी.वी” नाटकमा टी.वी भएको लोग्नेलाई सेवा गर्दागर्दै श्रीमती समेत टी.वी हुन्छें तर लोग्ने निको भएपनि आफ्नो श्रीमतीलाई त्यति वास्ता नगरेकोले लोग्ने स्वास्नीकावीच चिसोपन आई श्रीमती माइतिमा बस्न जान्छे र माइतीमा पनि उसमाथि भएको दुव्यवहार मानसीक पीडा भई मृत्युलाई अंगाल्न पुग्छे । “कलाकार” नाटकमा कलाकारहरुले समाजलाई धेरै कुरा दिए पनि समाजले कलाकारलाई केही नदिएको गुनासो गरिएको छ ।
नेपालभाषा साहित्य क्षेत्रमा भिक्षु सुदर्शनको छुट्टै अस्तित्व छ । उहाँले वाह« वटा नाटक लेखी प्रकाशित गर्नु भएको थियो । ने.स.१०७५ मा सवैभन्दा पहिला “अम्वपाली” नाटक र सवैभन्दा पछि ने.स.११०८ मा “प्रतिशोध” नाटक प्रकाशित भएको देखिन्छ । उहाँको नाटकको विषयवस्तु वुद्धकालीन घटना, ऐतिहासिक घटना र जातक कथामा आधारित घटनालाई लिएर नारी समस्या प्रस्तुत गरिएको देखिन्छ । महिला पनि पुरुषभन्दा कम छैनन् । त्यसैले महिलालाई पनि पुरुषजस्तै समान अधिकार दिनु पर्दछ । गृहस्थी जीवनदेखि माया, ममता र देशको रक्षा लागि जे पनि गर्न सक्ने वीरागिणीको गुण भएका महिलाको कोमल मन हुन्छ भनी नाटकमा प्रस्तुतीकरण गरेको देखिन्छ । भिक्षु सुर्दशनले नारी पात्रको चित्रण बुद्धकालीन समयदेखि हालसम्मको प्रस्तुत गरेको पाइन्छ । दरवारभित्र उच्चवर्गका महारानी, राजमाता, राजकुमारी र समाजका उच्चवर्र्ग महाजनका श्रीमती र छोरीको पात्र चयन गरिएको छ । यसरी नारी पात्र चयन गरेतापनि नारीभित्रका गुण, स्वभाव, धारणा, एक आपसमा फरक देखिन्छ । नारीहरुको पनि इच्छा र आकान्क्षाहरु समय परिस्थितिनुसार परिवर्तन हुन्छ । जस्तो “अम्बपाली” नाटकमा अम्वपाली र बन्धुमती एउटा गाउ र स्तरमा जन्मेकी नारीहरु हुन् । अम्वपालीलाई प्रकृतिले जति सौन्दर्य दिइयो त्यति बन्धुमतीलाई प्राप्त भएन । सौन्दर्यले भरिपूर्ण भएकी अम्वपाली वैशाली नगरको नगर सोभिनी भईन् । राजदरवारका वातावरणले गर्दा अम्वपाली साधारण गाउँमा जन्मे पनि राजनर्टकी मात्र भएको होइनन् बैशाली गणतन्त्रलाई आपत परेको बेला जनताहरुले रक्षा गर्नु पर्दछ भनी भावना जागृत गराइन् । राजनीति भन्ने कुरा केही थाहा नपाएकी अम्वपाली पछि मगघको राजनीतिज्ञ वर्षाकारका योजना बुझ्ने व्यक्ति भइन् । तसर्थ एउटा साधारण व्यक्ति वातावरणले असाधारण व्यक्तिमा परिणत गरेको देखिन्छ । हुनत, “सुप्रिया” नाटक भिक्षु सुदर्शनको अर्को प्रसिद्ध लोकप्रिय नाटक हो । सुप्रिया एक महाजनकी एक्लो छोरी हुन् । वैभव जीवन विताएका सुप्रियाले मानव जीवनमा समान व्यवहार गर्नु पर्दछ भनी धारणा राख्ने पात्र हुन् । तसर्थ आमा बुवा पूँजीवादी विचारधारा भएतापनि उनी समाजवादी विचारधारा भएकी समाज सेवी गर्ने एक आदर्श नारी हुन् भनी समालोचक प्रा.डा चुन्दा वज्राचार्यले आफ्नो धारण व्यक्त गर्नु भएकी छिन् ।
ऐतिहासिक नाटक राजा “जयप्रकाश” नाटकमा मल्लवंश रक्षा गर्नका निम्ति राजमाताको विशेष भूमिका रहेको नाटक हो । राजामाता ललितपुर राज्यमा मात्र नभई उपत्यकाका राजमाता भइन् । मल्लवंश शासनकालमा सवैभन्दा दुरद्र्शी देशभक्त राजनीतिज्ञ राजा जयप्रकाश मल्ल हो । उनको शासनकालमा पनि भिक्षु सुदर्शनको नाटकमा नारी पात्र पतिभक्त छिन् । तसर्थ त्यसताका वहुविवाह प्रथा र गृह कलहनै समस्याको मुख्य कारण तत्व हुन् भनी नाटककार भिक्षु सुदर्शनले आफ्नो नाटकमा उल्लेख गरिएको देखिन्छ ।
वास्तवमा कुनै पनि निर्णय गर्दा नारी र पुरुष हुनु जरुरी छ । किनकि सवै निर्णय पुरुषले मात्र, गर्ने हो भने नारी हृदयको कहिले पनि कदर हुन सक्दैन । तसर्थ पुरुषले गरेको अधिकांश न्याय अन्यायमा परिणत हुन सक्दछन् भन्ने मूल धारणा वोकेका नाटककार भिक्षु सुदर्शनले नारीलाई पनि समान राजनीतिक अधिकार हुनु पर्छ भनी वकालत गदैं “प्रतिशोध” नाटकमा भएको मृत्युदण्डलाई नाटककारले उचित रुपमा हेरिएको देखिदैनन् । भिक्षु सुदर्शनका अनुसार देशको रक्षा पुरुषले मात्र होइन महिलाले पनि गर्न सक्दछन् । किनकि देश पुरुषको मात्र होइन महिलाको पनि हो । त्यसैले महिलालाई पनि आफ्नो देशको माया लाग्छ र परिआएको वेला देशको रक्षा गर्न सक्दछिन् भनी नाटकमा आफ्नो भावनाहरु छरेको देखिन्छ । त्यस्तै यिनको नाटकमा भिक्षु ग्रहण गर्ने नारीहरु पनि देखिन्छन् । वास्तवमा जीवनमा विभिन्न वाधा अवरोधवाट विश्राम गर्ने ठाउँ भिक्षुत्व ग्रहण पनि एक हो । यो शान्तिको मार्ग हो । जसवाट मोक्ष प्राप्त हुन्छ । यो जीवनको पीडा विसाउने ठाउँ हो । त्यसैले भिक्षु सुदर्शनले “अम्वपाली” नाटकमा अम्वपालीले पछि भिक्षुत्व ग्रहण गरेको देखिन्छ ।
नाटककार विजय मल्ल (वि.स.१९८२–२०५६) को हालसम्म पनि नाटक सम्वन्धि पुस्तक प्रकाशित नभएता पनि रंगमञ्चमा मञ्चित नाटकहरुले उहाँ एक अत्यन्त चर्चित नाटककारको रुपमा प्रसिद्धि पाएका छन् । उनको पहिलो रचना “मर्नु पर्छ है दाई” नामक कविता वि.स.१९९७ सालमा ‘शारदा’ पत्रिकामा प्रकाशित भएको थियो । नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा नेपालभाषाका नाटकहरु पनि मंचन गर्न पाउनु पर्छ भनी माग राख्ने नाटककारको युथ क्याम्पसका विद्यार्थीहरुद्धारा प्रदर्शीत नाटक प्रतियोगितामा उहाँको नाटक पनि समावेश गरिएको थियो जुन ज्यादै चर्चाको विषय वन्यो । विजय मल्लको पहिलो मञ्चमा प्रदर्शित नाटक हो “कुलां चकनी तिनी” । वि.स.२०४१ सालमा हाँस्यात्मक नाटकमा “किसि न्याइम्ह मदनमान” र वि.स.२०४५ सालमा “किपालु लिना च्वंम्ह मनू” हो । “कुलां चकनी तिनी” र “किपालु लिना च्वंम्ह मनू” नाटक नारी समानतामा आधारित नाटक हो भने “कुलां चकनी तिनी” नाटकमा नेवार समाजमा विवाह गर्दा केटाले केटीलाई सुपारी दिने चलनलाई मान्छेको आँखावाट हेर्ने दृष्टिकोणहरु प्रस्तुतीकरण गरिएका छन् । “किसि न्याइम्ह मदनमान” नाटकमा राजाको देहान्तपश्चात व्राम्हाणलाई कातो खुवाउने परम्परा र संस्कृतिको उजागर गरिएको छ भने “किपालु लिना च्वंम्ह मनू” नाटकमा दोलाजी प्रथालाई समते समावेश गरिएको छ ।
नेवारी समाजमा केटीपक्षले सुपारी लियो भने विवाह पक्का भएको मानिन्छ । तर समस्याका विविध कारणले गर्दा केटा र केटीपक्षले विवाह गर्न नचाहिएमा उक्त सुपारी फिर्ता गर्न सकिन्छ । यसरी गर्दा केटा र केटीको वीच विवाह गर्ने सम्वन्ध टुटेको मानिन्छ । त्यसैले नेवारी समाजमा सुपारीको पनि ठूलो महत्व छ भने अर्कोतिर नारीको पनि पुरुष जतिकै समान स्थान दिइएको देखिन्छ । परम्परानुसार केटा रोगी भएमा वा मृत्यु भएमा पनि केटी वा केटी पक्षले आफूले लिएको सुपारी केटा पक्षलाई फर्काउनु वा मृत्यु भएको केटाको शवमा राख्यो भने केटी विधवा हुनु नपर्ने परम्परा प्रचलित छ । तसर्थ नाटककार विजय मल्लले नारी शक्ति र स्वतन्त्रताका विषयमा महत्वकासाथ नाटकमा सजिवढगंले प्रस्तुत गर्नु भएको छ भने नाटककार इश्वरानन्द श्रेष्ठचार्यले “मतिना” नाटकमा यस्तो सुपारी लिने परम्परालाई उचित नभएको भनी विद्रोह गर्नु भएको छ । केटापक्षले सुपारी फिर्ता गर्दा केटीलाई चाहिने नचाहिने दोष लगाएर सुपारी फिर्ता गर्ने चलन भएकोले यो नारी चरित्र माथिको कंलक हो भनी विरोध गर्नु भएको छ । यसले गर्दा नारीहरुको अबमूल्यन भएको भनी नाटककारले चिन्ता व्यक्त गर्नु भएको देखिन्छ । नाटककार विजय मल्लको पहिलो दवलीमा मञ्चन गरिएको नाटक हो “न्यना वाँख” । जुन पछि “झी” पत्रिकामा प्रकाशित भएको देखिन्छ ।
मानवताको संरक्षण गर्नु नै राष्ट्रको संरक्षण गर्नु हो । त्यसैले पुरुषले महिलालाई पनि समान व्यवहार गर्नु पर्दछ । महिला पुतली होइन् न कि पुतली जस्तो व्यवहार गर्न सकिन्छ ? यस्तो निन्दनीय कार्यले महिलामाथि भैरहेको शोषण, दमन, अन्याय र अत्याचारका विरुद्घ कटु आलोचना मात्र होइन विद्रोहको रुप पनि लिन सकिन्छ भनी नर्वेका आधुनिक नाटकका पिता हेनरीक जोन इव्सेनको ब् म्यििक ज्यगकभ नाटकवाट जन्म भएको इब्सेनवादी शैली नेपालभाषा साहित्यमा कसरी भित्रियो भन्ने सन्दर्भमा नेपालभाषा साहित्य र भाषिक क्षेत्रमा जीवनभर लागिपरेकी अनुसन्धानकर्ता तथा मल्लकालीन ऐतिहासिक सामाग्रीहरुको नेपालभाषा तथा नेपाली भाषाका अनुवादक एवम् समाजिक, सांस्कृतिक, धार्मिक, राजनैतिक र आर्थिक पक्षमा सुष्म विश्लेषणकर्ता ख्यातिप्राप्त इतिहासकार तथा समालोचक प्रा.डा.चुन्दा वज्राचार्यले “नेपालभाषाया आधुनिक नाटकय् मिसा समस्या” नामक पुस्तक प्रकाशित गरी नेपालभाषा साहित्य क्षेत्रमा ठुलो गुण लगाउनु भएको छ ।
अन्तमा कुनै पनि विषयवस्तुलाई राम्रोसंग हेरी त्यसको परिस्थिति, अर्थ, लक्ष्य, सौन्दर्यलाई तुलानात्मकरुपमा परीक्षा गरी शब्द सन्तुलनको सिद्धान्तनुसार समालोचना गर्नु ठूलो कुरो हो । त्यसैले यस्ता सम्मानित समालोचकहरुलाई समयमैं समाजले मूल्यांकन नगर्ने हो भने पक्कै पनि भविष्यमा समालोचकहरुको जन्म कम हुनेछ । तसर्थ हामीले यति मात्र भन्न सक्छौ कि समाजलाई हेर्ने आँखाले भन्दा बुझ्ने मनले न्याय गर्नु पर्दछ । अस्तु ।

प्रकासित मिति २०८१-५-४

फेसबुकबाट तपाईको प्रतिक्रिया