नेपालमा अस्ट्रेलियाको मान्यताप्राप्त शिक्षा

काठमाडौँ १७ जेष्ठ

नेपालमा यसै शैक्षिकसत्रदेखि  अस्ट्रेलियाद्वारा मान्यताप्राप्त कुलिनरी एकेडेमी (कलेज) सञ्चालनमा आउने भएको छ । करिब दुई दशकदेखि अस्ट्रेलियामा बस्दै आएका गैरनेपाली सङ्घ अस्ट्रेलियाका पूर्वअध्यक्ष गणेश केसीले राजधानीको मैतीदेवीमा ‘प्यासिफिक हस्पिटालिटी एन्ड कुलिनरी एकेडेमी’ खोल्न लागेका छन्। आज राजधानीमा आयोजित कार्यक्रममा कलेजका सञ्चालकसमेत रहेका केसीले नेपालमै अन्तर्राष्ट्रिय मान्यताप्राप्त शिक्षा दिने तथा स्वदेशमै उत्कृष्ट सेफ उत्पादन गर्ने उद्देश्यले उक्त कलेज स्थापना गर्न लागेकोे बताए।

नौ महिने कोर्षमा कलेजले सैद्धान्तिकभन्दा प्रयोगात्मक ज्ञान दिने बताइयो। विद्यार्थीले ६ महिना सैद्धान्तिक ज्ञान र प्रयोगात्मक शिक्षा सँगसँगै सिक्ने र थप तीन महिना अस्ट्रेलिया, दुबई, मकाउ, मलेसियालगायत देशमा रहेका स्तरीय होटलमा प्रयोगात्मक शिक्षाका लागि कलेजले व्यवस्था मिलाउने छ। कलेजले अस्ट्रेलिया र नेपालका लोकप्रिय सेफहरुबाट प्रत्येक हप्ता कक्षा सञ्चालन गर्नेछ । पढाइ पूरा भएपछि बेरोजगार बस्नु नपर्ने कलेजको दाबी छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया