नेपालमा एमजी एस ५ इभि सार्वजनिकःविद्युतीय युभि सेग्मेन्टमा नयाँयुगको सुरुवात

काठमाडौं, फागुन २३, २०८१ । एमजी मोटर्सले बहुप्रतिक्षित इलेक्ट्रिक कार “एमजी एस ५ इभी बजारमा ल्याएको छ । विद्युतीय सवारी साधन (इभी) सेग्मेन्टमा नयाँ मापदण्ड स्थापना गर्ने लक्ष्यका साथ नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता प्यारामाउन्ट मोटर्सले नेपालमा बहुप्रतिक्षित एमजी एस ५ ईभी सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधि, सुधारिएको प्रदर्शन र आधुनिक विद्युतीय सवारी प्रेमीहरूका लागि उत्कृष्ट एमजी एस ५ इभीको मुख्य विशेषता हो ।
एमजी मोटर्सको १०० औं वार्षिक उत्सवको भव्य समारोहका बीच सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीहरु लगायत बैंकका प्रमुख कार्यकारी अधिकृतहरु, विभिन्न कर्पोरेट हाउसका प्रतिनिधिसहित सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
यसै अवरमा एमजीमोटर्स नेपालका प्रतिनिधि जेनेरल म्यानेजर सुनिलबहादुर छेत्रीले भने, “एमजी एस ५ इभिनवीनता, सुरक्षामा सुधार र उत्कृष्ट ड्राइभिङ अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण हो । यसको नयाँ पुस्ताको प्रविधि र सेग्मेन्ट–अग्रणी विशेषताहरूका साथ, हामी विश्वस्त छौं कि एस ५ इभीले नेपालको इभी बजारमा नयाँ परिभाषा स्थापित गर्नेछ ।”
एमजी एस ५ इभि नेपालमा कम्फर्ट र डिलक्स दुई भेरियन्टमा उपलब्ध छन् । दुबै भेरियन्टमा ४९ किलोवाट प्रति घन्टा ब्याट्री र शक्तिशाली ९९ किलोवाट मोटर जडान गरिएको छ, जसले अधिकतम् २५० न्यूटन मिटर टर्क उत्पन्न गर्न सक्दछ । डिलक्स भेरियन्ट लामो दूरी तय गर्न सक्ने विशेष क्षमता सहित प्रस्तुत गरिएको छ, जसले उत्कृष्ट प्रदर्शन खोज्ने चालकहरूका लागि आकर्षक विकल्प प्रदान गर्छ । ४९ किलोवाट आवर ब्याट्री र ९९ किलोवाट मोटर भएको आरामदायी र डिलक्स भेरियन्ट भएको एमजी एस ५ ईभीको सुरुवाती मूल्य क्रमशः ४३.९९ लाख र ४९.९९ लाख रहेको छ भने ६२ किलोवाट आवर ब्याट्री भएको एमजी एस ५ ईभीको मूल्य ५४.९९ लाख रहेको छ ।
विद्युतीय सवारी क्षेत्रको नवीनतम विकासलाई अघि बढाउँदै कम्पनीले “एमजी एस ५ ईभी” इलेक्ट्रिक गाडी सेग्मेन्टमा नयाँ क्रान्ति ल्याउने दाबी गरेकाे छ । यसमा विश्वकै सबैभन्दा पातलो ब्याट्री जडान गरिएको छ । जसले सन्तुलित गुरुत्वाकर्षण केन्द्र सुनिश्चित गर्दै स्थिरता र कार्यक्षमतामा सुधार ल्याउँछ । यसमा रियर–व्हील ड्राइभ कन्फिगरेसन, पाँच स्वतन्त्रलिङ्क सस्पेन्सन प्रणाली र उन्नत इन्जिनियरिङ्ग प्रयोग गरिएको छ, जसले ड्राइभिङ अनुभव र आरामदायी यात्रालाई नयाँ उचाइमा पु¥याउँछ । यी विशेषताहरूले एमजी एस ५ इभीलाई मूल्य अनुसारको उत्कृष्ट विद्युतीय एसयुभि बनाएको छ ।
दिगोपनलाई प्राथमिकता दिँदै, एमजीमोटर्सले विद्युतीय सवारी साधनको क्षेत्रमा सीमापार गर्दै आएको छ, जसले उपभोक्ताहरूको मागलाई पुरा गर्नेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया