नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुग्यो

सुर्खेत, २३ जेठ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ११ पुगेको छ । बिहीबार सुर्खेतमा मृत्यु भएका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको जानकारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयले दिएसँगै यो संख्या पुगेको हो ।

बिहीबार मृत्यु भएका पञ्चपुरी नगरपालिका– १, हाँसेगाउँ, सुर्खेतका २० वर्षीय युवकमा कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ । सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा‍. लक्ष्मीनारायण तिवारीद्वारा जारी विज्ञप्तिमा जनाइएअनुसार प्रदेश अस्पताल, सुर्खेतरपशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीक्षणमा उनको पीसीआर रिपोर्ट पोजिभिट आएको छ ।

पञ्चपुरी नगरपालिका– ९, विद्यापुर, सुर्खेतस्थित जनता माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइनमा जेठ ८ देखि बसेका युवक बुधबार घर गएका थिए । बुधबार गरिएको आरडीटी परीक्षणमा नेगेटिभ रिपोर्ट आएपछि उनलाई घर पठाइएको मन्त्रालयले जनाएको छ ।

बिहीबार बिहान सवा २ बजे उनको मृत्यु भएको हो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना संक्रमणको पुष्टि भएको महाशाखा प्रमुख तिवारीले जनाएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया