नेपालमा थप ५७ जनामा कोरोना पुष्टि

काठमाण्डौ ३ साउन, २०७७ ।

नेपालमा थप ५७ जनामा कोरोना पुष्टि भएको छ।

शनिबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ५७ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको बताए।

योसँगै कोरोना संक्रमितको संख्या १७ हजार ५०२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या ५ हजार ८२५ रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया