नेपालमा पनि आवश्यक छ ड्रोनको प्रयोग

काठमाडौँ २ चैत्र
अन्य मुलुकमा जस्तै नेपालको पनि कृषि, पूर्वाधार विकास, भौगर्भिक नक्सा निर्माण, ट्राफिक व्यवस्थापन, सामान ढुवानी, सुरक्षा निगरानी, विपद्का समयमा खोजी तथा उद्धारजस्ता दर्जनौँ प्रयोगका लागि ड्रोनको प्रयोग हुनसक्ने त्यस क्षेत्रका विज्ञहरूले बताएका छन्।
नेपालजस्तो जटिल भूबनावट भएको क्षेत्रमा ड्रोनको उपयोगिता अझ बढी हुने त्यस क्षेत्रमा कार्यरतहरूको दाबी छ । ड्रोनको प्रयोगबाट कुनै पनि क्षेत्रको कामलाई गति दिन र कम जनशक्तिबाट थोरै समयमा धेरै काम गर्न सकिने उनीहरूले बताए। यो खबर हामीले आजको गोरखापत्रबाट लिएका हौ।
ड्रोन क्लोज सर्किट टीभी (सीसीटीभी)सहितको उड्ने यन्त्र हो । यसमा निश्चित दूरीसम्म उड्नसक्ने, तस्बिर खिच्ने, मेसिन कहाँ छ भन्ने जानकारी दिनसक्ने प्रविधि जडान गरिएको हुन्छ । यस्ता ड्रोनहरू विशेष गरी दुई प्रकारका हुन्छन् । एउटा फिक्स्ड विङ्स भएको, अर्को रोटरी विङ्स सहितको ।
फिक्स्ड विङ्स भएका ड्रोन विशेष गरी ठूलो क्षेत्रफलको नापनक्साका लागि प्रयोग हुने गरेको छ भने रोटरी विङ्स भएका ड्रोन सामान ढुवानी गर्न र भिडियोग्राफीका लागि प्रयोग हुने
तर नेपालमा ड्रोनका बारेमा पर्याप्त जानकारी नहुँदा ड्रोन सञ्चालनका लागि विभिन्न निकायसँग अनुमति लिनुपर्ने कारणले यसबाट लिनसक्ने जति फाइदा लिन नसकिरहेको उनीहरूको गुनासो छ ।
चीनले कृषि क्षेत्रमा ड्रोनको प्रयोग थालेको छ । भारतले रेलमार्ग निर्माणमा सर्भे गर्नेदेखि हुँदै गरेका कामको निगरानी गर्नेसम्मको कामका लागि ड्रोनको प्रयोग गर्न थालेको छ । अन्य कतिपय देशले ट्याक्सीकै रूपमा पनि ड्रोनको प्रयोग गर्न थालेको विज्ञहरूले बताए।
तर नेपालमा भने ड्रोनबारे पर्याप्त जानकारी नहुँदा ड्रोनहरू खासै प्रयोगमा आउन सकेका छैनन् । भर्खर भर्खरमात्र समाजको व्यापक हितका लागि ड्रोनको सकारात्मक प्रयोग हुनसक्छ, त्यसको व्यावसायिक सम्भावन पनि रहेको छ भन्ने सन्देश दिनका लागि विभिन्न परीक्षण थालेको नेपाल फ्लाई ल्याबका सहसंयोजक तथा बी रोबोर्टिकका नेपाल प्रतिनिधि उत्तम पुडासैनीले बताए।
उनका अनुसार नेपालमा ड्रोनका विभिन्न प्रयोगबारे विभिन्न परीक्षण थालिएको छ । जस्तै, परीक्षणका लागि बाग्मती सफाइ अभियानका क्रममा कति फोहोर कहाँ सङ्कलन भएको छ भन्ने मापन ड्रोनबाट गरिएको छ । यद्यपि त्यसको पूर्ण तथ्याङ्क आउन बाँकी छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया