नेपालमा पनि बढ्न थाले कोरोना संक्रमित

काठमाडौं १७ पुस २०७८।

पछिल्ला दिनहरुमा नेपालमा पनि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । गएको २४ घण्टामा ३८२ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । २४ घण्टामा २० हजार ९५९ परिक्षण गर्दा ३८२ जना कोरोना भाइरस संक्रमित थपिएका हुन  । शुक्रबार २३५ जना कोरोना भाइरसका संक्रमित थपिएका थिए । नेपालमा योसँगै कोरोनामुक्त हुनेको संख्या आठ लाख १२ हजार २१० पुगेको छ ।  हालसम्म ११ हजार ५९४ जनाएको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा २५२ जना निको भएका छन् । सक्रिय संक्रमित ४ हजार ९६९ जना रहेका छन् । शनिबार ५ हजार ७ पीसिआर र १५ हजार ९५२ एन्टिजेन परिक्षण गरिएको मन्त्रालयले जनाएको छ । शनिबार कोरोना संक्रमितको मृत्य नभएको मन्त्रालयले जनाएको छ । 

फेसबुकबाट तपाईको प्रतिक्रिया