नेपालमा लगानी गर्न चिनियाँ इच्छुक

बिजनेसपाटी ४ कार्तिक
चीनको उद्योग वाणिज्य प्रशासन हेर्ने मन्त्री झाङ माओले नेपालमा लगानी गर्न चिनियाँ इच्छुक रहेको बताएका छन् ।
यसका लागि लगानी संरक्षणको सुनिश्चितता हुनुपर्ने उनको भनाइ छ । नेपालको विकास निर्माणमा चीन पर्याप्त सहयोग गर्न तयार रहेको उनले बताए ।
उद्योगमन्त्री नवीन्द्रराज जोसीसँग भएको भेटवार्तामा मन्त्री माओले चीनले गरेको आर्थिक उन्नतिबाट नेपालले प्रशस्तै फाइदा लिन सक्ने बताएको छ ।
औदोगिक क्षेत्रमा चीलने हासिल गरेको विज्ञतालाई नेपालले उपयोग गर्न सक्ने उनको भनाइ छ ।आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छापिएको छ ।
द्विपइाीय भेटवार्तामा नेपाल चीन सम्बन्ध र नेपालको समग्र आर्थिक विकासमा चिनियाँ सहयोगका विषयमा छलफल भएको थियो ।मन्त्री जोशीले नेपालले निर्माण गर्न लागेको विशेष आर्थिक क्षेत्र(सेज)को पुर्वाधार निर्माणमा सहयोग गर्न चीनसँग आग्रह समेत गरे ।
फेसबुकबाट तपाईको प्रतिक्रिया