नेपालमा लोकतन्त्र ,समाजवाद र राजनीतिक दलहरुको अवस्था

मेघराज तामाङ (विज्ञान)

नेपालको सन्दर्भमा सबै राजनीतिक पार्टीले लोकतन्त्र र समाजवादको वकालत गरेको पाइन्छ । कम्युनिस्ट, काग्रेस, राप्रपा र जनता समाजवादी पार्टीले वकालत गर्ने लोकतन्त्र र समाजवाद फरक छ । आम नेता-कार्यकर्ता र नेपाली जनताले लोकतन्त्र र समाजवादलाई कसरी बुझेका छन् त ? अब हामी बुझ्ने र प्रयोग गर्ने की नगर्ने ? के हो त लोकतन्त्र र समाजवाद ? हामीले चाहेको लोकतन्त्र हो की समाजवाद वा दुबै ?  लोकतन्त्र र समाजवाद फरक विषय वस्तु हो । लोकतन्त्र राज्यको राजनीतिक पाटो हो भने समाजवाद आर्थिक पाटो हो । लोकतन्त्रले जनतालाई शासन सत्ता सञ्चालन गर्ने , जनताको हक-अधिकार लगायत लोकतन्त्रको सम्पूर्ण मूल्य-मान्यताको अभ्यास गर्ने र राजनीतिक समानताको ग्यारेन्टी गर्छ भने समाजवादले राज्यको आर्थिक गतिविधि स्रोत-साधनको उत्पादन वितरण तथा आर्थिक समानताको ग्यारेन्टी गरिन्छ।

लोकतन्त्रले जनतालाई शासन सत्ताको मालिक बनाउँछ भने समाजवादले सम्पत्तिको मालिक बनाउँछ। लोकतान्त्रिक मुलुकमा समाजवाद र समाजवादी मुलुकमा लोकतन्त्र नहुन पनि सक्छ। जस्तै चीनमा समाजवाद होला, लोकतन्त्र नहुन सक्छ। भारतमा लोकतन्त्र होला, समाजवाद नहुन सक्छ। तर हाम्रो बुझाइ लोकतान्त्रिक मुलुकमा समाजवाद र समाजवादी मुलुकमा लोकतन्त्र हुन्छ भन्ने भ्रम छ। नेपालमा त न त लोकतन्त्र छ न त समाजवाद लोकतन्त्र र समाजवाद मात्र संविधान र पार्टीको घोषणापत्रको पानामा छ । व्यवहारमा त मनुबाद ,उखान टुक्का , मगन्ते र दलाल प्रवृत्तिबाट चलेको देखिन्छ। पश्चिमा देशहरुमा जातीय समस्या नभएको हुँदा जनताले बस्न,खाना , लाउन पाउनु नै लोकतन्त्र हो भनने अनुभूति गरे । आर्थिक समानता हुने समाजलाई नै लोकतन्त्र भनेर राजनीतिक सिद्धान्त तयार गरे। त्यसको हुबहु नेपालको काग्रेस र कम्युनिष्टले वर्गीय समस्याको समधान नै समाजवाद र लोकतन्त्र हो भनेर नेपालको सामाजिक समस्या हल गर्न खोज्यो तर हालसम्म नेपालको बहु-संख्या जनताले आफूलाई लोकतान्त्रिक समाजवादी मुलुकको नागरिकको रूपमा अनुभूति गर्न पाएनन्।

त्यसैले नेपालमा बहुजातीय, बहु भाषिक, बहु-धार्मिक र भौगोलिक हिसाबले विविधता भएको मुलुक जहाँ वर्गीय मात्र होइन जातीय, धार्मिक, भाषिक , क्षेत्रीय,लैगिक विभेद र उत्पीडन छ । यी उत्पीडितहरुलाई न समाजवाद नत लोकतान्त्रिक राज्य सत्ताले मात्र हल गर्न सक्यों । त्यसैले यी विभिन्न हिसाबले उत्पीडनमा परेका वर्गहरुलाई राज्य सत्ता र सम्पत्ति दुवैको मालिक बनाउनुको लागि बहु-जातीय लोकतान्त्रिक समाजवादी राजनीतिक विचार र सिद्धान्तबाट मात्र सम्भब छ। र, तत पस्चात मुलुकमा समानता सुशासन संघीयता राष्ट्रियता ,राष्ट्रिय स्वाधीनता, भौगोलिक अखण्डता, सर्वभौसत्ता,राष्टिय स्वार्थको रक्षा र राष्ट्रिय एकता कायम गर्न सकिन्छ । यो राजनीतक विचारधारा र सिद्धान्तलाई काग्रेस र कम्युनिष्टले कहिल्यै पनि प्रयोग र अभ्यास गर्न चाहेन। त्यो चाहे राजकीय सत्तामा होस या सांगठनिक सत्तामा । त्यसको परिणाम यी पार्टीहरमा राजकीय सत्तामा होस या सांगठनिक सत्तामा एउटै क्षेत्र ,एउटै जाति र परिवारको वर्चस्व कायम हुँदै गयो। त्यसको फलस्वरूप नेपालमा कहिल्यै राजनीतिक स्थायित्व शान्ति र आर्थिक समृद्धि भएन। त्यसको विकल्पमा यो सिद्धान्तलाई प्रयोगको लागि समाजवादी पार्टी नेपाल तेस्रो बैकल्पिक शक्तिको रूपमा स्थापित भएको छ । यो पार्टीको सांगठनिक सत्तामा पनि यो सिद्धान्तको आधारमा नेतृत्व व्यवस्थापन हुनु पर्दछ र हुने नीति छ । बहु-जातीय लोकतान्त्रिक समाजवादको बहस छलफल र प्रयोग तल्लो तहसम्म हुनुपर्छ र हुँदैछ।

प्रकासित मिति २०७७–२–१६

फेसबुकबाट तपाईको प्रतिक्रिया