नेपालमा समृद्धिको मोडालिटि कस्तो हुनुपर्छ ?
केडिबी राउत क्षत्री
नेपालमा गरिबी उन्मुलनका अभ्यास सताव्दियौदेखि चल्दै आएको सर्वविदितै छ । प्रधानमन्त्री के.पी.ओलीले निर्वाहमुखी गरीबको देशको पहिचानलाई बदलेर अब धनीको देशको पहिचान दिने उद्घोष गरेका छन् । तदनुरुप समृद्धिको मोडालिटी कस्तो हुने भन्ने बहस जनस्तरमै चल्न थालेका छन् । समृद्धशाली विभिन्न देशले विभिन्न मोडालिटीबाट समृद्ध भएको दृष्टान्त पाइन्छ । नेपालले पनि नेपालकै विशेषतबाट समृद्धिको मोडालिटी अवलम्बन गर्नुपर्छ भन्ने आम धारणा छ । यसै सन्दर्भमा सिङ्गापुरको सम्पन्नताको दश कारण –मानक) यहाँ उल्लेख गर्नु प्रासङगीक नै हुनेछ । (१) विकासमा प्रतिवद्ध राजनीतिज्ञहरुको विश्वासयुक्त सहकार्य । (२) दक्ष, निष्पक्ष, प्रयाप्त तलवभत्ता सहितको सानो–छरितो प्रशासनयन्त्र । (३) सबै प्रकारका दार्शनिक भ्रम र जडताबाट मुक्त प्रयोजनवादी दृष्टिकोण । (४) कौशलपूर्ण कुटनीति र कुटनीतिक सन्तुलन । (५) पपुलिष्ट नाराबाट मुक्त, यथार्थवादी सोच । (६) ससाना कामबाट कार्य प्रारम्भ । (७) सम्भाव्य आर्थिक क्षेत्रहरुको सहि पहिचान । (८) मौलिक, दीगो र सार्थक समावेशिता । (९) दीर्घकालिन रणनीतिलाई फइदा पुरयाउने अल्पकालिन योजना निर्माण । (१०) भ्रष्टाचारप्रति साच्चै सून्य सहनशिलता ।
सन् १९५९ मा लि क्वान यु को नेतृत्वमा पहिलो सरकार गठन सँगै सिंगापुरले सम्पन्नताको मार्ग तय गरयो र समृद्धता हासिल गरयो । नेपालमा स्थिर सरकार विगतमा कहियै रहन सकेन, परिणामतः सहयोग गर्न इच्छुक मित्र राष्ट्रहरुले पनि प्रदान गर्न सकेनन । अब पहिलीको जस्तो अन्योलता छैन, किनभने ओलीको नेतृत्वमा स्थिर सरकार बनीसकेको छ । सम्पन्न मित्रराष्ट्रहरुमा विश्वास बढेको छ । नेपलाी जनतामा पनि धनी बन्ने आत्म विश्वास जागेको छ ।
नेपालको विकासको वाधक नेपाली सामन्तवाद र भारतीय विस्तारवादले भन्ने विश्लेषण रहेको छ । भारतको तेश्रो पटकको २०७२ सालको नाकावन्दि पछि मार्च २०१६ मा चीनसँग व्यापार र पारवहन सन्धिमा हस्ताक्षर गरेर प्रधानमन्त्री ओलीले सधै स्मरण हुने गरी मोदी सरकारलाई चिन्तित बनाएको जगजाहेरै छ । नरेन्द्र मोदी सरकारका कारण छिमेकी नेपाल चिढिएर चीनतिर ढल्कियो भन्ने इण्डिएनकै पनि आरोप छ । चीनका राष्ट्रपति सी चीन पिङ भाषणमा प्रायः उद्घोष गर्ने गर्छन्, पहिली पनि पाँच हजार वर्ष अघि विश्वको नेतृत्व चीनले गर्दै आएको र अब पनि गर्छ भन्छन् । यसर्थ चीनले भारतलाई आफ्नो प्रतिद्वन्दि ठानेकै छैन । अमेरिका लगायतका पश्चिमा राष्ट्र प्रतिष्पर्धिको रुपमा देखिन्छन् । तथापी अमेरिका खस्किदै र एक्लिदै गएको छ । विस्तारै चीन, रुस, ईण्डिया एकारित ध्रुविकृत हुँदै गएको अनुभूत हुन्छ । अमेरिका हतियारको बलले विश्वलाई नियन्त्रण गर्न उद्यत छ । चीन भने कुटनीतिक तवरबाट विश्वलाई सहयात्री बनाउन अभ्यासरत छ । चीनको बल अर्थतन्त्र रहेको छ । आर्थिक–प्राविधिक सहयोगबाट विकासोन्मुख देशहरुलाई कज्याईरहेछ । लेटिन अमेरिका–अफ्रिकामा तदनुरुपको सहयोग जारी छ । चीनका वरीपरीका छिमेकी देशहरुलाई तिनको उन्नयनताका निम्ति सहयोग जारी छ । यस्तो परिवेशमा नेपालले सहयोग नपाउने कुनै प्रश्नै आउँदैन । बरु नेपालले प्रचुर सहयोग लिने कुटनीतिक तातुर्यता नपुगे जसतो अनुभूत हुन्छ । प्रधानमन्त्री के.पी.ओलीको यसपटकको चीन भ्रमण विशेष उपलब्धिमूलक भएको चीनले जनाएको छ । प्रधानमन्त्री ओली र चीनका समकक्षी ली खछ्याङबीच भएको प्रतिनिधि मण्डलस्तरीय भेटवार्ता र दुवै देश बीच भएका महत्वपूर्ण विभिन्न १० विषयमा द्विपक्षीय सहयोग आदानप्रदान गर्ने सम्झौता भएको छ । थप ४ विषयमा दुई पक्षबीच “लेटर अफ एक्सचेन्ज” भएको छ । पत्रकार सम्मेलनमा चीनको परराष्ट्र मन्त्रालयका सहायक मन्त्री कोङ सुचन युले प्रधानमन्त्री ओलीको चीन भ्रमण “स्पेसन सिग्नेफिकेन्स” भएको बताएका छन् । चीनका राष्ट्रपति सी चीन फिङ ले प्रधानमन्त्री ओलीसँगको भेटवार्ता चिनियाँ रेल सातवर्षमा (सन् २०२५ सम्ममा) काठमाडौँ पुग्ने बताएका छन् । शक्तिशाली देशका राष्ट्रपपतिले बेइजिङ स्थित ग्रेट हल अफ पिपलमा बताएकोले आम नेपाली जनता विद्युतीय रेल आउनेमा विस्वस्त छन् । बहुआयामिक महत्वको रेलमार्ग विस्तारमा नेपालले पनि केही लगानी गर्ने भएको छ । नेपालीको सर्वाधिक चासोको विषय यही रेल मार्ग मुख्य थियो,। आशातित उपलब्धि हासिल भएको छ । उत्तर दक्षिण करिडोर निर्माण, थप उडानको प्रवद्र्धन र तिव्वति हाइृवेको नाका प्रयोग गरी विभिन्न नाकामा पुगने, परावहनको सुविधाले नेपालको व्यापार विविधिकरणमा सहयोग पुग्नेछ । तातोपानी नाका पनि छिट्टै खुल्ने भएको छ । नेपालको उच्च हिमाली जडिबुटिको बजार प्रवद्र्धन गर्न सघाउन चीन तयार भएको छ । सँघाई एक्सपोमा नेपाली व्यापारी सहभागी हुने, उर्जा क्षेत्रमा सहयोग पुरयाउने, चिनियाँ लगानीमा करिब नौ सय मेगावाट क्षमताका विभिन्न चार परियोजना तयार हुने भएका छन् । प्रधानमन्त्री ओलीको उपस्थितिमा बेइजिङ स्थित नेपाली दूतावासमा सरकारी र निजी कम्पनी बिच ८ वटा परियोजना सम्बन्धि हस्ताक्षर भएको छ । तदनुरुप हुवासिनको १४ अर्व ४० करोडको लगानीमा सिमेन्ट उद्योग नेपालमा स्थापना गरिने । नेपाल पस्मिना उद्योग संघ र ओवोर परियोजना अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार प्लेट फर्म बीच २ लाख देखि ५ लाख सम्म थान पस्मिना खरिदका लागि समझदारी । १६४ मेगावाट क्षमताको सिउरी न्यादी जलविद्युत आयोजना निर्माणका लागि स्वतन्त्र उर्जा उत्पादक संस्था ईपान र चाइना नेशनल इलेक्ट्रिक इन्जिनियरिङ कम्पनीका प्रतिनिधि बीच सहमति भएको छ ।
६०० मेगावाट क्षमताको मस्र्याङदी क्यास्केड जलविद्युत परियोजना निर्माणका लागि फ्रेमवर्क सहमति भएको छ। ७५ मेगावाट क्षमताको त्रिशुली गल्छी परियोजना निर्माणको सहमति भएको छ । पूर्वी तराई सिंचाई प्रणालीलाई व्यवस्थित गर्न निर्माण गर्न लागिएको विरिङ, कमला , कन्काई नदी सिंचाई परियोजनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्न सहयोग सम्बन्धि द्विपक्षीय समझदारी भएको छ । नेपालमा फलफुल उद्योग स्थापना गर्ने सहमति भएको छ । वुटवल पावर कम्पनी र चिनियाँ कम्पनीको सहकार्यमा निर्माण हुन लागेको ६०० मेगावाट क्षमताको मनाङमस्र्याङदी जलविद्युत आयोजना सम्झौता भएका मध्य सबैभन्दा ठूलो परियोजना हो । भारतीय कम्पनी गान्धी माल्लीकार्जुन राव (जीएमआर) कम्पनलिे निर्माण गर्ने भनेर लिएको सो आयोजना एक महिना पहिले वुटवल पावर कम्पनीलाई विक्री गरेको हो । वुटवल पावर कम्पनीले चिनियाँ लगानी कर्ताको साझेदारीमा सो परियोजना अगाडि बढाउन लागेको छ । वुटवल पावर कम्पनीसँगको साझेदारीमा चिनियाँ लगानीकर्ताले करिब १ हजार मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गर्ने घोषणा यस अघि नै गरीसकेका छन् । कुल ६०० मेगावाट क्षमताको माथिल्लो मस्र्याङदी आयोजना निर्माण गर्न वुटवल पावरको संयोजनमा चिनियाँ कम्पनी एसस्ीआईसी इन्टरनेसनल लि., जिङचेङ इन्टरनेशनल इनभेष्टमेन्ट कम्पनी लि. र क्युवार्यसीको शेयर लगानी रहनेछ । लमजुङ–मनाङको सीमामा पर्ने योजना अगाडि बढ्दैछ । ७५ मेगावाटको त्रिशुली गल्छी जलविद्युत आयोजना नुवाकोट र धादिङको बीचमा चिनियाँ कम्पनीको लगानीमा सिद्धकाली पावर बन्दैछ । चीनका राष्ट्रपतिले उद्घोषण गरेको शब्दले विश्वमा महत्व रहन्छ । तदनुरुप सारगर्मित रुपमा भनेका छन् – नेपालले अन्य देशसँग घनिष्ट सम्बन्ध राख्दा चीनलाई कुनै पनि समस्या हुँदैन र नेपालको चीनसँगको घनिष्ट सम्बन्धबाट कोही चिन्तित हुनुपर्दैन, नेपालको त्यो स्वतन्त्र छनोटको कुरा हो । यसलाई स्वभाविक रुपमा लिनुपर्छ । प्रधानमन्त्री के.पी.ओलीले वेइजिङमै सम्बोधन गर्दै भनेका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको एकता र सफलता विश्व कम्युनिष्ट आन्दोलनले आत्मसात गर्ने विश्वास व्यक्त गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीद्वारा बेइजिङमा आयोजित सुशासन र समृद्धिमा राजनीतिक पार्टीको भूमिका विषयमा ओलीले नेपालको कम्युनिष्ट आन्दोलनको उतारचढाव र वर्तमानको शक्तिशाली सत्तारुढ पार्टीको लक्ष्यबारे स्पष्ट पारेका थिए । हाम्रो अहिलेको मुख्य प्राथमिकता राजनीतिक उपलब्धिलाई संस्थागत गर्दै आर्थिक समृद्धि हासिल गर्नु हो । नेकपाको नीत र कार्यव्रmमको लक्ष्य समाजवादको जग खडा गर्नु हो ।
शान्तिपूर्णमाध्यम र लोकतान्त्रिक प्रतिष्पर्धाद्वारा जनताको सरकार स्थापित गर्ने शोच छ । साम्राज्यवाद र सामन्तवाद विरुद्ध लड्दै वर्तमानको उपलब्धि हासिल भएको बताएका छन् । अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन अस्तित्व रक्षाको अवस्थामा पुग्दा नेपालमा जनताको बहुदलीय जनवादको सिद्धान्तका आधारमा नेकपालाई लोकप्रिय बनाउन सकिएको उद्घोष गरेका छन् । नेकपा माक्र्सवाद–लेनिनवादको मार्ग दर्शक सिद्धान्तका आधारमा बहुदलीय प्रतिष्पर्धा, लोकतान्त्रिक मूल्यमान्यता, आर्थिक सामाजिक रुपान्तरण, राष्ट्रिय अर्थतन्त्रको सवलीकरण, समाजवादी दिशानिर्देश, आम सहभागिता र शान्तिपूर्ण लोकतान्त्रिक माध्यमको नितिगत विशेषता सहित नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको वेइजिङमा प्रष्टयाएका थिए । जनताले समाजवादमा मात्रा वस्तविक प्रगति, न्याय र जनमुखी विकास मसुस गर्न सक्ने भएकाले विश्व पुँजीवादको प्रभाव कम गर्नु वर्तमानको आवश्यकता रहेको उद्घोष गरेका थिए । नेपालले पञ्चशील सिद्धान्त अनुसार अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको र चीनले नेपालको शान्ति प्रगति र समृद्धिको चाहनामा सामान्य र विशिष्ट अवस्थामा सहयोग गर्दै आएको मुक्त कण्ठले प्रसंशा गरेका छन् । चीनको सहयोगमा ६० हजार नेपालीले नेपालमै रोजगारी यसपाली पाउने भएका छन् । एक हजार भन्दा बढी उद्योगहरुमा चीनले खर्वौ लगानी यसै वर्ष गर्दैछ ।
प्रकाशित मिति २०७५-३-१३
फेसबुकबाट तपाईको प्रतिक्रिया