नेपालमा ४० हजार विदेशी कामदार अवैधानिक
काठमाडौं ४ कात्तिक ।
नेपालमा ४० हजार विदेशी कामदारले अवैधानिक रुपमा काम गरे पनि श्रम विभाग र अध्यागमन विभागको समन्वय नहुँदा कारबाही हुन सकेको छैन। नेपालमा अवैधानिक रुपमा काम गरिरहेका विदेशी कामदारलाई सरकारले माघ २०७० मा २ महिनाभित्र वैधता प्राप्त गर्न समय दिएको थियो ।
त्यसवेला सरकारले विदेशमा हुने अवैधानिक आप्रवासी कामदारलाई दिने आममाफी जस्तै पहिलोपल्ट नेपालमा रहेका अवैध कामदारलाई विशेष अवसर प्रदान गरेको आजको नयाँ पत्रिकामा समाचार छ । तर, त्यसको तीन वर्ष पुग्दा पनि श्रम विभाग र अध्यागमन विभागले अनुगमन नगर्दा ४० हजार विदेशी कामदारले नेपालमा श्रम स्वीकृतिविना काम गरिरहेका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया