नेपालमै तिनवर्ष भित्र हाइड्रोजन र युरिया मल उत्पादन गर्न सम्भव

काठमाडौं  १० साउन २०७९।

सरकारले नीतिगत व्यवस्थापन र अख्तियारी प्रदान गर्ने हो भने नेपालमै तीन वर्षभित्र युरिया उत्पादन थाल्न सम्भव हुने देखिएको छ । नेपालकै बिजुली प्रयोग गरेर नेपालमा हाइड्रोजन र रासायनिक मल उत्पादनबारे अध्ययन गर्न गठित समितिले अध्ययन प्रतिवेदनमा यो सम्भव देखाएको हो ।

मन्त्रिपरिषद्को गत असार १९ गतेको बैठकले हाइड्रोजन र रासायनिक मल उत्पादनका लागि तर्जुमा गर्नुपर्ने नीतिगत व्यवस्था सुझाउने गरी प्रतिवेदन बुझाउन एक समिति गठन गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौतको संयोजकत्वमा एक अध्ययन समिति बनाएको थियो । समितिले सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल समक्ष आवश्यक नीतिगत तथा अन्य व्यवस्थासहितको प्रतिवेदन प्रस्तुत गरेको हो ।

समितिका विज्ञ सदस्य काठमाडौँ

विश्वविद्यालयका सहप्राध्यापक डा। विराजसिंह थापाका अनुसार सुझाएअनुसारको नीति र अनुमतिको व्यवस्था सरकारले गर्ने हो भने तीन वर्षभित्र वार्षिक दुई लाख मेट्रिक टन रासायनिक मल उत्पादन गर्न सकिन्छ । त्यसका लागि करिब ७० अर्ब रुपियाँ लगानी लाग्नेछ । गोरखापत्र दैनिकबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया