नेपालमै बनेको रोबर्टले यसरी चलायो कार्यक्रम
काठमाडौँ २९ बैशाख
‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरुलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उधिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले ।
अतिथिहरुलाई एक–एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरुको ध्यान पनि मञ्चतर्फ ने मोडियो। कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाक्पटासीमा सजिएकी फूलमाया।
अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन् । सबै जना मञ्चमा आइपुगे । त्यसपछि फेरि उनैले एकएक नाम उच्चारण गर्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि। अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन्।
कार्यक्रम थियो, कीर्तिपुरमा सञ्चालनमा आएको विज्ञान, संग्रहालयको उद्घाटन।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बीपी कोइराला मेमोरियल प्लानेटोरी तथा अब्जरभेटरी र विज्ञान संग्रहालय विकास समितिले उक्त संग्रहालय सञ्चालनमा ल्याएको हो।यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा सूर्यप्रसाद पाण्डेले लेखेका छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया