नेपालले हामीसँग कार माग्ने कानुनी आधार छैन : टेलिया
काठमाडौँ २९ फागुन
एनसेल बिक्रेता टेलियासोनेराले मन्त्रिपरिषदको निर्णयलाई चुनौती दिँदै नेपाल सरकारलाई कर नतिर्ने बताएको खबर आजको नागरिकमा छ ।नेपाल सरकारले आफूसँग पुँजीगत लाभकर माग्ने कानुनी आधार नभएको भन्दै टेलियासोनेराले कर नतिर्ने दोहोर्याएको हो । मन्त्रिपरिषदको बिहिबारको बैठकले एनसेल कारोबारमा पुँजीगत लाभकर बिक्रेताले नै तिर्नुपर्ने निर्णय गरेपछि त्यसको जवाफमा टेलियासोनेराका प्रतिनिधिले आफूले कर नतिर्ने प्रतिक्रिया दिएका हुन् ।
स्विीडिस भाषामा प्रकाशन हुने स्वीडेनको ‘एसभिडी’ अनलाइनले टेलियासोनेराकी प्रेस अफिसर जोहन्ना ह्यान्सनलाई उद्धृत गर्दै उनले कर नतिर्ने बताएको उल्लेख गरेको छ ।
‘नेपाल सरकारले हामीसँग कार माग्ने कानुनी आधार छैन । यो हामीले तिर्नुपर्ने पैसा पनि होइन’, टेलियासोनराकी प्रेस अफिसर जोहन्ना ह्यान्सनले ‘एसभिडी’ अनलाइनलाई भनेकी छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया