नेपाली आँखा अस्पतालमा विदेशी विरामी बढी

काठमाडौं ३० जेष्ठ

नेपालका आँखा अस्पतालमा विदेशीबाट उपचार गर्न आउनेको संखया बढ्दै गएको छ। मोतीविन्दु वा खस्रे रोगको उपचार नेपालमा सुलभ देखेर विदेशबाट आउनेको संख्या बढ्दै गएको छ। गत वर्षका खस्रे रोगको ३० हजार बिरामीको शल्यक्रिया गरिएकोमा २० हजार भारतीय भएको नेपाल नेत्र ज्योति संघका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रले जानकारी दिए।

नेपालमा खस्रे रोग जनस्वास्थ्य समस्याका रुपमा नरहेको विश्व स्वास्थ्य संगठनले जनाएको समाचार अन्नपूर्ण पोस्ट दैनिकले प्रकाशन गरेको छ।  माेतीविन्दुकाे शल्यक्रिया भारतमा भन्दा नेपालमा सस्तो छ। नेपालमा मोतीविन्दुको शल्यक्रिया खर्च १२ सय रुपैयाँ लाग्छ भने भारतमा सोही शल्यक्रियाका लागि अाठ हजार भारतीय रुपैयाँ लाग्ने गरेकाे चिकित्सकहरु बताउँछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया