नेपाली चियाविरुद्ध भारतीय व्यवसायी

बिजनेसपाटी १० श्रावण

नेपालमा उत्पादित अर्थोडक्स चिया भारतमा बिक्री प्रतिबन्ध लगाउन त्यहाँका व्यापारीले माग गरेका छन् ।
नेपालका चिया भारतमा खुला बिक्री हुँदै आएकोमा यसमा रोक लगाउनुपर्ने माग त्यहाँका चिया व्यापारीहरुले गरेका हुन्  । यसले नेपाली चियाको बजार खस्किने चिन्ता बढेको छ । पूर्वी नेपालका पहडी जिल्लामा उत्पादित अर्थोडक्स चियाको ८० प्रतिशत भारत निकासी हुने गरेको छ ।नेपालका चिया व्यवसायीले भारतले नेपाली चियाको खुला बिक्रीमा प्रतिबन्ध लगाए नेपाली चियाको बजारमा गिरावट आउने बताएका छन् । भारतीय व्यपारीका अनुसार नेपालको चिया भारत भित्रिएपछि दार्जलिङको चियाका रुपमा बिक्री गर्ने गरिएको छ । उनीहरुले नेपालमा उत्पादित चिया पूर्ण अर्गानिक नभएको दाबी गरेका छन् । अन्नपूर्ण पाेष्टमा समाचार छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया