नेपाली युवाहरुले बनाएको नयाँ सामाजिक संजाल ‘रेस्पेक्ट’ सार्वजनिक हुदै

बिजनेसपाटी २५ माघ
। नेपाली युवाहरुले बनाएको नयाँ सामाजिक संजाल ‘रेस्पेक्ट एप’ सार्वजनिक हुने भएको छ । सो सामाजिक संजाल रेस्पेक्ट इंक नामको कम्पनीले बनाएको हो । नेपालीहरु प्रति लक्षित सो एप नेपाली नयाँ वर्षको अवसरमा सार्वजनिक हुने भएको हो । आइओएस र एन्ड्रोयड भर्सनमा प्रयोग गर्न सकिने यो एपमा व्यवसायीहरुका लागि व्यवसायीक प्लेटफर्म समेत बनाईएको छ । हाल यो एन्ड्रोयडमा परिक्षण भईरहेको छ भने आईओएसमा पनि तयार भईरहेको छ । यसलाई फोसबुक, गुगल तथा इन्स्ताग्रामसँग पनि जोड्न सकिनेछ ।

नेपाली इन्जिनियरसहित युवा व्यवसायीको लगानीमा तयार गरिएको यस ‘रेस्पेक्ट एप’बाट सर्वसाधारण र व्यवसायीक कम्पनी दुबैले फाइदा लिन सकिने कम्पनीद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । सामाजिक संजालमा आवश्यक जानकारी र प्रयोगकर्तालाई आर्थिक रुपले उपयोग गर्न नसकिएको हुँदा रेस्पेक्ट एपले दुबैलाई फाइदा हुनेगरी प्लेटफर्म निर्माण गरेकोे कम्पनीले बताएको छ ।

नेपाली, अग्रेजी तथा जापानी भाषा समावेश गरी तयार गरिएको यो एपमा कम्पनीहरुले निशुल्क तथा सशुल्क व्यापार प्रबद्र्धन गर्ने र सामान्य प्रयोगकर्ताहरुले विशेष छुटसहित विभिन्न अफर पाउने उल्लेख गरिएको छ । गैरनाफामुलक संस्थाहरुले पनि सहयोग रकम प्राप्त गर्न यसलाई माध्यम बनाउने सक्नेछन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया