नेपाली स्मार्टफोन मार्केटमा प्राविधिक फड्को : रेड्मी १२ सि

काठमाण्डौ ।
नेपाली स्मार्ट फोन बजार मा उपलब्ध कम मुल्यका सेटहरु मध्ये रेड मी १२ सि सबैभन्दा शक्तीशाली सेट हो । सुरुवाती मूल्य करिबरु. १३००० रहेको यस स्मार्टफोनले धेरै उत्कृष्ट सुविधाहरूका साथमा प्रयोगकर्ताहरुलाई प्रिमियम अनुभव प्रदान गर्दछ । रेड्मी १२सीको३ जीबी +३२ जीबीभेरियन्टको प्रारम्भिक मूल्य मात्र रु. १३,४९९ रहेको छ । थप स्टोरेज चाहनुहुने ग्राहकहरुको लागि ४ जीबी + ६४ जीबी भेरियन्ट मात्र रु १४,४९९.र ६ जीबी+१२८ जीबी भेरियन्ट मात्र रु. १६,९९९ मा उपलब्ध छ ।
बेस भेरियन्टमा नै ग्राहकहरूले एकै साथ धेरै एपहरू बिनाकुनै ल्याग, सहज मल्टि टास्किङ गर्न सक्नेछन्। साथै ६ जीबी +१२८ जीबीको भेरियन्टले एप्स, फोटो, भिडियोहरू र अन्य डेटा भण्डारण गर्न पर्याप्त स्पेस प्रदानगर्दछ।
मेडियाटेक हेलिओ जी ८५ प्रोसेसरद्वारा संचालित रेड्मी १२ सीले गेमिङ, इमेजिङ र दैनिक प्रयोगमा उत्कृष्ट प्रदर्शन र सहज अनुभव प्रदान गर्दछ । रेड्मी १२ सीमा ५० एमपी डुअल रियर क्यामेरा जडान गरिएको छ । जसले धेरै डिटेल्सका साथ फोटो खिच्न सक्दछ र यसले प्रयोगकर्ताहरूलाई कुनै जस्तोसुकै प्रकाशमा पनि राम्रो फोटो खिच्न सक्छ । मल्टिमिडिया अनुभवलाई चुस्त बनाउनको लागि यो फोनमा ठूलो ५,००० यमएचब्याट्रीको साथमा ठूलो ६.७१” याच डी + डिस्प्ले रहेको छ।
आफ्ना फोनहरुमा उत्कृष्ट फिचरश र उत्तिकै उत्कृष्ट पेर्फोर्मंस प्रदान गर्नेफोनको रुपमा रेड्मी बजारमा परिचित छ र रेड्मी १२सी त्यसैको जबर्दस्त उदाहरण हो ।

फेसबुकबाट तपाईको प्रतिक्रिया