नेपाल–अफ्रिका फिल्म फेस्टिवल असोजमा

काठमाडाँै,२८ भदौ ।

‘छैटाँै नेपाल–अफ्रिका फिल्म फेस्टिबल–२०१७’ आगामी असोजमा हुने भएको छ ।

‘कलेज अफ जनालिज्म एण्ड मास कम्युनिकेशन’ (सिजेएमसी)को आयोजनामा असोज २ गतेदेखि ४ गतेसम्म फेस्टिवल हुने आज यहाँ आयोजित पत्रकारसम्मेलनमा सो फेस्टिवलका प्रबन्ध निर्देशक डा मञ्जु मिश्रले जानकारी दिनुभयो ।

उहाँले अफ्रिका र नेपालबीच सांस्कृतिक एवं पर्यटकीय आदानप्रदानका साथै दुई देशबीचको सम्बन्ध अझ प्रगाढ बनाउनका लागि फेस्टिवल आयोजना गर्न थालिएको बताउनुभयो ।

रुसी सांस्कृतिक केन्द्रमा हुने उक्त फेस्टिवलमा नेपाल, युगाण्डा, रुवाण्डा, सेनेगल, भारतसहित नौ देशका सांस्कृतिक, सामाजिक परिवेशका जीवन भोगाइका नौवटा लघुचलचित्र देखाइने छ । रासस

फेसबुकबाट तपाईको प्रतिक्रिया