नेपाल आँखा अस्पताललाई सिद्धार्थ बैंकको सहयोग

काठमाडौं २३ पुस ।
सिद्धार्थ बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व निर्वाहका क्रममा नेपाल आँखा अस्पताल त्रिपुरेश्वरलाई आर्थिक अवस्था कमजोर भएका १५ जना मोतिबिन्दुका बिरामीको मोतिबिन्दुको शल्यक्रियाका लागि आवश्यक आर्थिक सहयोग प्रदान गरेको छ । सहयोग रकम बैंकका नायब महाप्रबन्धक रामेश्वरप्रसाद बस्यालले अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेलाई हस्तान्तरण गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया