नेपाल आउने पर्यटकको संख्यामा बृद्धि

काठमाडौं ६ फागुन २०८१ । वर्षको तुलनामा यस वर्षको पुस महिनासम्म नेपाल आउने पर्यटकको संख्यामा बृद्धि भएको छ । पर्यटन बोर्डको तथ्यांक अनुसार पुस महिनासम्म झण्डै ५ लाख ८० हजार पर्यटक नेपाल आएका छन् ।


चालु आर्थिक वर्षको पुस महिनासम्म ५ लाख ७९ हजार ९४३ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा ५ लाख ५९ हजार ७६९ पर्यटकले नेपाल भ्रमण गरेका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया