नेपाल इन्भेष्टमेन्ट बैंकमा एस डेभलपमेन्ट बैंक विलयी

बिजनेसपाटी १ असार
नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले एस डेभलपमेन्ट बैंकलाई खरिद गर्नका लागि नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति पाएको छ । एक्विजिसन सम्झौता गरेको झण्डै आठ महिना पछि दुवै बैंकले विशेष साधारणसभा आह्वान गरी केही समयअघि मात्रै एक्विजिसन प्रस्ताव पारित गराएका थिए ।
एसको एक सय कित्ता बराबर इन्भेष्टमेण्ट बैंकको ४१ कित्ता सेयर पाउने गरी सेयर स्वाप निर्धारण गरिएको थियो । चालू आर्थिक वर्षभित्रमा नै अब एकीकृत कारोबार सुरु गर्ने योजना अनुरुप गृहकार्य भइरहेको बैंकले जनाएको छ ।
इन्भेष्टमेन्ट बैंकको चुक्तापुँजी हाल आठ अर्ब ७४ करोड रुपैयाँ रहेको छ । एक अर्ब २० करोड चुक्ता पूँजी भएको एस बैंकलाई विलय गरेपछि ईन्भेष्टमेण्ट बैंकको चुक्तापुँजी ९ अर्ब २० करोड रुपैयाँको पुग्ने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया