नेपाल इन्स्योरेन्सले शेयरधनीहरुलाई पठायो बोनस

बिजनेसपाटी ८ भाद्र
नेपाल इन्स्योरेन्स कम्पनीले गत बैशाख ६ गतेसम्म सेयर डिम्याट गरेका सेयरधनीलाई साधारण सभाले पारित गरेको ४.५२ प्रतिशत बोनस शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।

कम्पनीले सो मितिपछि अभौतिकरण गराएका शेयरधनीहरुको बोनस समेत क्रमश उनीहरुकै हितग्राही खातामा जम्मा गर्ने जनाएको छ ।

डिम्याडमै बोनस पाउन हालसम्म भौतिक भएका शेयर अभौतिकरण गर्न कम्पनीले आव्हान गरेको छ । कम्पनीको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया