नेपाल एसबिआइ बैंकले २८ प्रतिशत वोनस दिने

काठमाडौँ १८ अशोज

नेपाल एसबिआइ बैंकले गत आर्थिक बर्षको मुनाफाबाट बैंकले २८ प्रतिशत वोनस सेयर र कर प्रयोजनका लागि १.५३ प्रतिशत नगद लाभांस दिने प्रस्ताव गरेको छ  । बैंकले गत आर्थिक बर्ष एक अर्ब ३३ करोड रुपैयाँ नाफा गरेको थियो ।

राष्ट्र बैंकको स्वीकृति पश्चात बैंकले प्रस्ताव गरको लाभांस आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तालाई वितरण गरिनेछ ।

बैकको हाल ३ अर्ब ८८ करोड ३७ लाख रुपैयाँ चुक्तापूँजी रहेको छ । २८ प्रतिशत बोनस वितरण पश्चात बैंकको पूँजी ४ अर्ब ९७ करोड ११ लाख रुपैयाँको हाराहारीमा पुग्नेछ । राष्ट बैंकले भने बमोजिम ८  अर्ब चुक्तापूँजी पुर्याउन बैंकले यसै आर्थिक बर्षभित्रमा अझै तीन अर्ब भन्दा बढी पूँजी जुटाउनु पर्ने देखिन्छ ।

गत  बर्षको वित्तीय विवरण अनुसार बैंकले जगेडाकोषमा ३ अर्ब ९ करोड ४० लाख रुपैयाँ राखेको छ । यसअवधिमा बैंकको निक्षेप ६५ अर्ब २१ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने ४६ अर्ब ९९ करोड ५४ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

हाल बैंकको प्रतिशेयर आम्दानी ३४.२९ रुपैयाँ, मुल्य आम्दानीको अनुपात ५४.६८ गुणा, नेटवर्थ १.७९ रुपैयाँ ६७ रुपैयाँ र तरलता अनुपात २७.४५ प्रतिशत रहेको छ ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया