नेपाल एसबीआई बैंकको बोनस तथा नगद लाभांश पारित

काठमाडौँ २४ पौष
नेपाल एसबीआई बैंकको २४औं वार्षिक साधारणसभा बुधबार चुक्ता पुँजीमा १५.४२ प्रतिशतका दरले बोनस सेयर र ०.८१ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले आव ०७३-७४ मा २३३.९९ करोड सञ्चालन मुनाफा १५२.३२ करोड खुद मुनाफा हासिल गरेको भन्दै उक्त साधारणसभाले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालकमा बालकृष्ण श्रेष्ठलाई निर्विरोध चयन पनि गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया