नेपाल एसबीआई बैंकको २८ प्रतिशत बोनस सेयर
काठमाडौं २८ माघ
नेपाल एसबीआई बैंकको २३ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले सेयरधनीहरूलाई चुक्ता पुँजीमा २८ प्रतिशत बोनस सेयर र १.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ । बैंकले आव. ०७२/७३ मा २ अर्ब ४१ करोड ६१ लाख रुपैयाँ सञ्चालन मुनाफा र १ अर्ब ३३ करोड १९ लाख खुद मुनाफा हासिल गरेको साधारणसभा जनाइएको छ ।
साधारणसभाले १०ः४ कित्ताका दरले हकप्रद सेयर निष्कासन गर्ने र संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ७०ः३० कायम गर्ने प्रस्तावसमेत पारित गरेको विज्ञप्तिमार्पmत जनाइएको छ । नेपाल एसबीआई बैंक नेपाल र भारतको संयुक्त लगानीमा भारतीय स्टेट बैंक र कर्मचारी सञ्चय कोषको प्रवद्र्धनमा स्थापित बैंक हो ।
हाल यस बैंकले ७३ वटा व्यावसायिक एकाइ मार्फत सेवा प्रदान गर्दै आएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया