नेपाल केन्द्रिय कृषि सहकारी संघ र साना किसान विकास लघुवित्तले पाए अन्तर्राष्ट्रिय अवार्ड

काठमाण्डौ १५ बैशाख २०८०।
नेपाल कृषि सहकारी केन्द्रीय संघ र साना किसान विकास लघुवित्त संस्था लिमिटेडले अन्तर्राष्ट्रिय स्तरका अवार्ड प्राप्त गरेका छन् । दुवैले सफलतापूर्वक कार्यसम्पादन गरेवापत अवार्ड प्राप्त गरेका हुन् ।

नेपाल कृषि सहकारी केन्द्रीय संघले सहकारी संस्थाको क्षमता विकास, सुशासन र संस्थागत विकास, किसानहरुको कृषि र आर्थिक मुद्दाहरुलाई सम्बोधन र कृषि क्षेत्रमा योगदात गरेबापत एफएओ एवार्ड फर पार्टनरसिप २०२३ प्राप्त गरेको छ ।

इटलीको रोममा यहि अप्रिल २४ मा भएको अन्तर्राष्ट्रिय समारोहकाबीच संघलाई फुड एन्ड एग्रिकल्चर अर्गनाइजेसन ९एफएओ० अफ युनाइटेड नेसनले संघलाई उक्त एवार्ड प्रदान गरेको हो ।

अवार्डको लागि आह्वान गरिएको प्रतिस्पर्धामा नेपाल लगायत विश्वभरीका संस्थाले गरेको नोमिनेसनमा नेपालले प्रथम एवार्ड प्राप्त गरेको हो । त्यसैगरी
अर्थमन्त्रालय र एडिबिले यही वैशाख ८ गते संयुक्त रुपमा आयोजना गरेको कन्ट्री पोर्टफोलियो रिभ्यु मिटिङबाट साना किसान विकास लघुवित्त वित्तीय संस्थाले कार्यान्वयन गरेको ग्रामिण उद्यम कर्जाले बेस्ट म्यानेजमेन्ट अवार्ड प्राप्त गरेको थियो ।

साना किसान विकास लघुवित्त मार्फत कार्यक्रम कार्यान्वयन गर्नेगरी नेपाल सरकार र एसियाली विकास बैंकबीच डिसेम्बर १०, २०१९ मा ग्रामिण उद्यम लगानी परियोजनामा सम्झौता भएको थियो ।

उक्त परियोजनाले नेपालका मझौला तथा साना किसान उद्यमीको सुलभ कर्जामा सहज पहुँच सुनिश्चित गरी कृषि उद्यमको विकासको प्रभावकारी परिणाम दिएको जनाइएको छ । राष्ट्र बैंकबाट स्वीकृत लिई सञ्चालन गरिएको सो कार्यक्रमबाट हालसम्म ९ सय ३० वटा व्यक्तिगत र ३० वटा सामूहिक परियोजनाहरुमा दुई अर्ब ३० करोड रकम लगानी भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवरामप्रसाद कोइरालाले बताए।

बिहीबार काठमाडौंमा आयोजना गरिएको संयुक्त कार्यक्रममा अवार्ड प्राप्त गरेको विषय जानकारी गराउने क्रममा नेपाल कृषि सहकारी संघका अध्यक्ष खेमबहादुर पाठक र साना किसान विकास लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा शिवराम कोइरालाले संस्थालाई थप जिम्मेवारी प्राप्त भएको भएको विचार व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया