नेपाल क्रेडिट एण्ड कमर्स बैंक र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता

बिजनेसपाटी ७ श्रावण ।

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र गुराँश लाईफ इन्स्योरेन्सबीच बैंकासुरेन्स मार्फत लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे आज सम्झौता भएको छ । सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा बिभिन्न शाखा कार्यालयहरुबाट गुराँश लाईफ इन्स्योरेन्सको पोलिसी बिक्री गरिनेछ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र गुराँश लाईफ इन्स्योरेन्स तर्फवाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईले संयुक्त रुपमा हस्ताक्षर गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया