नेपाल टेलिकमको नाफा बढ्यो, कति पुग्यो प्रतिशेयर आम्दानी ?

बिजनेसपाटी २८ श्रावण ।
नेपाल टेलिकमले गत आवमा कूल ४५ अर्ब ५६ करोड ५८ लाख रूपैयाँ आम्दानी गरेको छ । अघिल्लो आवको तुलनामा गत आवमा टेलिकमको मुनाफा २.१९ प्रतिशतले वृद्धि भएको हो ।
गत आवको अवधिमा टेलिकमले १५ अर्ब ६६ करोड ७५ लाख नाफा कमाएको टेलिकमको विज्ञप्तीमा उल्लेख छ । कम्पनीको मुनाफा अघिल्लो आवको तुलनामा गत आवमा १.९२ प्रतिशतले मात्र वृद्धि भएको हो । टेलिकमको प्रतिशेयर आम्दानी अघिल्लो आवको तुलनामा १.९६ पैसाले वृद्धि भई १०४ रुपैयाँ ४५ पैसा पुगेको छ ।

लामो समयदेखि सञ्चालनमा रहेका ल्याण्डलाइन सेवाका पुराना उपकरण विस्थापन गरी टेलकमले ‘टिडिएम माइग्रेसन’ आयोजना अन्तर्गत आधुनिक प्रविधिमा आधारित आइएमएस उपकरणमार्फत सेवा प्रदान गर्न आरम्भ गरेको छ ।

हालसम्म करीब एक लाख ९० हजार लाइन नयाँ प्रविधिमा रुपान्तरित भई सेवा सञ्चालनमा आइसकेको टेलिकमले विज्ञप्ती मार्फत जनाएको छ ।
बि.स २०७५ जेठ मसान्तसम्म कम्पनीको टेलिफोन ग्राहक आधार एक करोड ९७ लाख ४७ हजार ४४५ र इन्टरनेट ग्राहक आधार एक करोड ६ लाख ५२ हजार ४२९ रुपैयाँ रहेको छ । बि.स २०७४ असार मसान्तको तुलनामा कम्पनीको ग्राहक आधार टेलिफोनतर्फ २१ लाख ४५ हजार २२३ तथा इन्टरनेटतर्फ २२ लाख २६ हजार ५३५ले वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांक अनुसार गत आर्थिक वर्षको शुरुवातमा कम्पनीको बजार हिस्सा ४९ प्रतिशत रहेकोमा गत जेठ महिनामा सो बजार हिस्सा २ प्रतिशतले बृद्धि भई ५१ प्रतिशत पु¥याउन कम्पनी सफल भएको जनाएको छ ।
कम्पनीको इतिहासमा प्रथम पटक कम्पनी ऐनले तोकेको समय भित्र नै कम्पनीको वार्षिक साधारण सभा सम्पन्न गरी कम्पनीका शेयर होल्डरलाई हाल सम्मकै सबैभन्दा बढी लाभांस वितरण गरिएको छ ।
कम्पनीको सञ्चालक समितिमा कर्मचारीको प्रतिनिधित्व गराउने सम्बन्धी निर्वाचन र कर्मचारीको आधिकारिक ट्रेड युनियनको निर्वाचन लामो समय देखि रोकिएर रहेकोमा गत आर्थिक वर्षमा दुवै निर्वाचन गराउन सफल भएको ।

फेसबुकबाट तपाईको प्रतिक्रिया