नेपाल टेलिकमले कमायो ८ अर्ब ३८ करोड

कठमाडौं  ३० साउन २०७९।

नेपाल टेलिकमले ८ अर्ब ३८ करोड रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षभन्दा गत वर्षको नाफामा कम्पनीले १७.५४ प्रतिशतले वृद्धि गरेको हो। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ७ अर्ब १२ करोड ९४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

कम्पनीको असार मसान्तसम्ममा ५.४४ प्रतिशत आम्दानी बढेको छ भने अन्य आम्दानी २.५१ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी भने समीक्षा अवधिमा ५ प्रतिशत बढेको छ।

कम्पनीको जगेडा कोषमा ७७ अर्ब ६ करोड ३२ लाख रुपैयाँ सञ्चित छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.१९ प्रतिशत बढी हो। नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने ९७ पैसा घटेर ४६ रुपैयाँ ५६ पैसामा सीमित भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया