नेपाल टेलिकमले देशभर एफटीटीएच सेवा उपलब्ध गराउने

काठमाडौँ  ११ असार २०८०। नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीब रुपमा गरिरहको छ । यसका बाबजुद अझै पनि ग्राहकको माग बमोजिम केही स्थानहरुमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको छ । सेवा ग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१(१९८ मा डायल गरी प्राप्त सन्देश पश्चात फेरी १ डायल गरी)मा डायल गरी ग्राहक सेवा केन्द्रका प्रतिनिधिर्फत आवश्यक जानकारी प्राप्त गर्न एवं सेवाको माग दर्ता गर्न सकिने व्यवस्थ मिलाइएको छ ।

असार ११ गते देखि एफटीटीएच सेवा प्राप्त गर्न चाहाने मुलुकभरका सेवाग्राहीहरुले १९८–१ डायल गरेर आफूलाई आवश्यक पर्ने सेवा र स्थानकाबारेमा पहिले नै माग दर्ता गर्न सकिने छ । ती स्थानहरुमाकम्पनीले यथा सम्भव छिटो एफटीटीएच जडान गर्नेछ । नेटवर्क नभएका स्थानमा सम्भव भएसम्म पूर्वाधार निर्माण गरी एफटीटीएच सेवा उपलब्ध गराउने छ । एफटीटीएच सेवामा एउटै फाइबर बाट टेलिफोन, तीब्र गतिको इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध रहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया