नेपाल फाइनान्सको हकप्रद आउने
![](https://sp-ao.shortpixel.ai/client/to_webp,q_lossy,ret_img,w_259,h_195/https://businesspati.com/wp-content/uploads/2016/07/right.jpeg)
काठमाडौं,३० फागन ।
नेपाल फाइनान्स लिमिटेडको सञ्चालक समिति, व्यवस्थापन समूहको संयोजक झलक शर्मा आचार्यको संयोजकत्वमा विशेष साधारणसभा सम्पन्न भएको छ ।
विशेष साधारणसभाबाट हिरेन्द्रमान प्रधान, चन्द्र कुमार राई, राजन प्रजापति, दिप्रश शाक्य तथा सर्वसाधारण समूहबाट अनागतरत्न कंसाकार सञ्चालक समितिमा निर्वाचित भएका छन् । साधारणसभाले विशेष प्रस्ताव अन्तर्गत वित्त कम्पनीको अधिकृत पुँजी, जारी पुँजी र चुक्ता पूँजी वृद्धि गर्ने र राष्ट्र बैंकले तोकिएको मापदण्ड पूरा गरी चुक्ता पुंजीमा एक शेयर बराबर एक दशमलव दुई पाँच कित्ता दरले हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गरेको छ
फेसबुकबाट तपाईको प्रतिक्रिया