नेपाल फाईनान्सले सुरु गर्यो डिजिटल बैकिङ सेवा

काठमाण्डौ २९ भदौ २०७८ ।

काठमाण्डौंको कमलादीमा केन्द्रीय कार्यालय रहेको नेपाल फाईनान्स लिमिटेडले डिजिटल बैकिङ सेवा शुभारम्भ गरेको छ । नेपाल राष्ट्र बैंक, भुक्तानी प्रणाली विभागबाट संस्थालाई भुक्तानी सम्बन्धी कार्य गर्न अनुमतिपत्र प्रदान गरे पश्चात् डिजिटल बैकिङसेवा शुरु भएको हो ।
२०४९ सालमा स्थापना भएको नीजि क्षेत्रको पहिलो फाइनान्स कम्पनीले स्थापनाकाल देखि हालसम्म आफ्नै इतिहास बोकेको छ । यसको हाल सम्मको यात्रामा विभिन्न प्रकारका सफलताहरुका साथै कडा कठिनाईको चुनौतिहरुलाई सामाना गर्दै अघि वढिरहेको र डिजिटल बैकिङ सेवा शुभारम्भ पश्चात् आफ्ना ग्राहक महानुभावहरुलाई पूर्ण वित्तीय सेवा दिन सफल भएको बैंकका प्रमुख कार्यकारी अधिकृत श्री उध्दबराज थपलियाले बताउनु भयो ।
संस्थाले IPS को शुरुवात गरिसकेको भएतापनि डिजिटल बैंकिङ्ग अन्तर्गतका Connect IPS, M-wallet, Fund Transfer, Utility Payment का कार्यहरु भने आजका मितिदेखि आफ्ना सम्पूर्ण ग्राहकहरुलाई उपलब्ध भएको जनाएको छ । त्यसैगरी संस्थाले Debit Card-SCT सेवा पनि संचालनमा ल्याएको जनाएको छ ।

संस्थाले काठमाण्डौ उपत्यकाको कमलादी र न्युरोड, ललितपुरको पुल्चोक र लगनखेल, काभ्रेको बनेपा, रुपन्देहीको मुर्गिया, नवलपुरको गैंडाकोट, धनुषाको धनुषाधाम, कास्कीको माछापुच्छ«े र मकवानपुरको हेटौडा शाखाबाट सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गरिरेहको छ भने, काठमाण्डौको कान्तिपथ विस्तारित काउण्टरबाट समेत वित्तीय सेवाहरु प्रदान गरिरहेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया