नेपाल बंगलादेश बैंकले गर्यो लाभांशको घोषणा

बिजनेसपाटी २५ भाद्र

नेपाल बंगलादेश बैंकको भदौ २४ मा बसेको संचालक समितिको बैठकले कर प्रयोजन सहित १५ दशमलब ७९ प्रतिशत लाभांशको घोषणा गरेको छ।  बैंकले गत आर्थिक बर्षको कमाईबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ३ दशमलब ७९ प्रतिशत नगद लाभांश घोषणा गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जनाएको छ ।

सो  प्रस्ताब नेपाल राष्ट्र बैंक र बैंकको आगामी बार्षिक साधारणसभाले पारित गरे पश्चात सेयरधनीहरुमा लाभांश वितरण हुनेछ। १२ प्रतिशत बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुंजी ८ अर्ब १२ करोड नाघ्नेछ।  बैंकले गत आर्थिक बर्ष ८२ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया