नेपाल बंगलादेश बैंकको अध्यक्षमा जलाल अहमद

काठमाडौं ७ मंसिर  ।

नेपाल राष्ट्र बैंकका गभर्नर  चिरञ्जीवी नेपालले नेपाल बंगलादेश बैंकको नव निर्वाचित अध्यक्ष जलाल अहमदलाई पद तथा गोपनियकताको सपथ खुवाएका छन् । बैंकको तेइसौं साधारणसभाबाट अध्यक्षमा चयन भएका अहमदलाई गभर्नरले सपथ खुवाएका हुन् ।

गतहप्ता भएको बैंकको तेइसौं साधारणसभाले संस्थापथ सेयरधनीको तर्फबाट ३ जना र सर्वसाधार सेयरधनीकोतर्फबाट ३ जना गरी ६ जना संचालक चयन गरेको थियो । सोही मध्येबाट सर्वसम्मरुप अहमद अध्यक्षमा चयन भएका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया