नेपाल बैंकको एक करोड ७६ लाख कित्ता एफपिओ बिक्रीमा आउने

बिजनेसपाटी १७ बैशाख

नेपाल बैंकको एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ निष्काशन हुने भएको छ । एफपिओ निष्काशनको प्रक्रिया अगाडि बढेको बैंकले जनाएको छ  ।

बैंकले एफपिओ निष्कासन गर्न सिद्धार्थ क्यापिटललाई विक्री प्रबन्धक समेत नियुक्त गरेको छ ।  बैकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाह र सिद्धार्थ क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत ध्रुव तिमिल्सिनाबीच सोको सम्झौंतापत्रमा हस्ताक्षर भएको  छ ।

प्रिमियम मूल्यमा निष्कासन गर्न लागेको बैंकको सेयर मूल्य भने तय भईसकेको छैन ।  बैंक संचालक समितिको गत माघ २३ गते बसेको बैठकले उक्त प्रस्ताव गरेको थियो ।  बैंकको फागुन २५ गते सम्पन्न साधारणसभाले एफपिओ निष्काशनको प्रस्ताव पारित गरेको थियो । हाल बैंकमा सरकारको सेयर स्वामित्व ६२ प्रतिशत रहेकोमा एफपिओ जारी गरेपछि ५१ प्रतिशत कायम हुनेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया