नेपाल बैंकको एफपिओ आउदै, प्रिमियम सहित २८० रुपैयाँ तोकियो
बिजनेसपाटी १२ जेष्ठ
नेपाल बैंक लिमिटेडले २८० का दरले एक अर्ब ७६ करोड ८४ लाख रुपैयाँ बराबरको एफपिओ निष्काशन गर्ने भएको छ । बैंक संचालक समितिले सय रुपैयाँ अंकित मूल्यमा १८० रुपैयाँ प्रिमियम थपेर एफपिओ निष्काशन गर्ने प्रस्ताव गरेको हो ।
गत साधारणसभाबाट बैंकले एक करोड ७६ लाख ८४ हजार कित्ता एफपिओ निष्काशन गर्ने प्रस्ताव पारित गरिसकेको छ ।
एफपिओ निष्काशन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गर्ने भएको छ ।
हालको चुक्ता पूँजी ८ अर्ब ४ करोड रुपैयाँ रहेको बैंकको एफपिओ निष्काशनपछि चुक्ता पूँजी ९ अर्ब ८१ करोड पुग्ने छ। बैंकमा नेपाल सरकारको ६२.२१ प्रतिशत र सर्वसाधारणको ३७.७९ प्रतिशत शेयर स्वामित्व रहेकोमा एफपिओपछि सरकारी स्वामित्व ५१ प्रतिशतमा कायम हुनेछ ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा यस बैंकले २ अर्ब ५६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। दोस्रो बजारमा यस बैंकको कारोबार भईरहेको शेयर मूल्य ३३६ रुपैयाँ छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया