नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन

काठमाडौँ ०८ पुस २०८०
नेपाल बैंकर्स संघमा पाँच जना नयाँ सदस्य चयन भएका छन् ।
संघको शनिबार भएको साधारण सभाबाट पाँच जना नयाँ सदस्य चयन भएका हुन । संघको सदस्यमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल, सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र राष्ट्रिय बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ चयन भएका हुन ।
संघका सदस्य लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाह र एनआइसी एसियाका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेको कार्यकाल पुरा भएको छ ।
नेपाल एसबीआइ बैंकका प्रमुख कार्यकारी अधिकृत दीपककुमार डे र एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ सदस्यमा यथावत छन्।
फेसबुकबाट तपाईको प्रतिक्रिया