नेपाल बैङ्कको ६५ औँ वार्षिक साधारण सभाको मिति तय

काठमाडौं, १२ फगुन २०८१ । नेपाल राष्ट्र बैंकले वार्षिक गर्ने गरेको साधारणसभा यस वर्षका लागि पनि मिति तय गरिसकेको छ । बैँक सञ्चालक समितिको बैठकले आगामी चैत ६ गते बुधवार बस्नेगरी आफ्नो ६५ औँ वार्षिक साधारण सभा बोलाएको हो । उक्त दिन काठमाडौँको हल्चोकस्थित सशस्त्र प्रहरी बलको कार्यालयमा साधारण सभा बस्नेछ ।

प्रायजसो बैंकहरुको यस आर्थिक वर्षका लागि साधारणसभाको मिति यस अघि नै तय गरिएको भए पनि यो वर्ष वाणिज्य बैङ्कमध्ये सबैभन्दा पछाडि साधारण सभा गर्ने बैङ्क नेपाल बैङ्क बनेको छ । २० वाणिज्य बैङ्कमध्ये अरू सबै बैङ्कले चालु आर्थिक वर्षमा साधारण सभा आह्वान गरिसकेका छन् ।

यसपटक बैङ्कले साधारणसभामा सर्वसाधारण शेयरधनीका तर्फबाट तीन जना सञ्चालकको निर्वाचन गर्ने कार्यतालिका राखेको छ । यस बैङ्कले चालु आर्थिक वर्षमा कुनै पनि लाभांश वितरण नगर्ने गरी निर्णय यसअघि नै गरिसकेको छ । साधारणसभा प्रयोजनको लागि फागुन २२ गतेका लागि बुक क्लोजको मिति तोकिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया